पोखरा श्रावण १३,
एक ठाँउवाट अर्को ठाँउमा यात्रु ओसार पोसार गर्नका लागि सार्वजनिक यातायातको प्रयोेग हुँदै आएकोमा हाल आएर निजी सवारी साधनलाई पनि यात्रु ओसार पोसार गर्ने अनुमति दिनका लागि गण्डकी प्रदेश सरकारले कार्यविधि वनाउने सुईको पाएपछि गण्डकी प्रदेशका व्यवसायीहरु यतिवेला आन्दोलित भए । पठाओ, टुटल,ईन्ड्राईभ जस्ता एप मार्फत सवारी साधन आफुले भनेको ठाँउमा वोलाउने र तोकिएको शुल्क तिरेर गन्तव्यमा जानका लागि यात्रुहरुलार्ई निक्कै सजिलो मानिएको यो तरिकालाई गण्डकी प्रदेश सरकारले मान्यता दिन लागेको थाहा पाएपटि सुरुमा ट्इक्सी व्यवसायीहरु आन्दोलित भए त्यस पछि यसले सम्पूर्ण व्यवसायीहरुलार्य पनि आन्दोलित गरेको छ । राई सेयरिङ राजधानी काठमाण्डौमा विगत ४÷५ वर्ष देखि सञ्चालन हुदै आएको छ । पोखरामा पनि अवैधानिक रुपमा राईड सेयरिङको अभ्यास भईरहेकै थियो । ईन्ड्राईभ मार्फत पोखरामा यात्रुहरुले सेवा लिदै आएका थिए । गण्डकी प्रदेश भरि प्रदेश सरकारले राईड सेयरिङ अर्थात पठाओ, ईड्राईभ र टुटल जस्ता एपको प्रयोग गरि निजी सवारी साधनले पनि यात्रु ओसार पोसार गर्न पाउने वैधानिक व्यवस्था गर्न लागेपछि यातायात व्यवसायीहरु आन्दोलित भएका हुन् ।
यसको विरोधमा श्रावण १० गते विहिवार ट्याक्सी चालकहरुले सडकमा ट्याक्सी खडा गरेर आन्दोलन गरे । पोखरामा ट्याक्सी सञ्चालन गरिरहेको पोखरेली ट्याक्सी व्यवसायी समितीको आव्हानमा व्यवसायीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडिको सडकमा ट्याक्सी खडा गरेर गण्डकी प्रदेश सरकारको विरोधमा नारावाजी समेत गरेका थिए । उनिहरुले रातो प्लेटका सवारी साधनहरुलाई यात्रु वोक्न दिईएपछि कालो प्लेटका सवारी साधनको के काम भयो र भनेर प्रश्न समेत गरेका छन् । उनिहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजिव गुरुङको समेत राजिनामा मागेका थिए । प्रदर्शनकारीहरुले प्रदेश खारेजीको कुरा समेत उठाएका थिए । गण्डकी प्रदेश सभाले यो विषयमा कानून वनाउनका लागि गण्डकी प्रदेश सभामा लैजाने तयारी गरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् । ट्याक्सी व्यवसायीको आन्दोलनलाई अन्य यातायात व्यवसायीहरुले पनि समर्थन गरेका छन् । यातायात व्यवसायी राष्ट्रिय व्यवसायी महासंघ गण्डकी प्रदेश समितिले पनि गण्डकी सरकारको रार्ईड सेयरिङलाई मान्यता दिने कार्यको विरोधमा आन्दोलित भएको छ । उसले यस अगाडि पत्रार सम्मेलन गरि ४८ घण्डाको अल्टिमेटम दिएको थियो महासंघका प्रदेश सचिव तथा पृथ्वी राजमार्ग वस कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र वहादुर केसीले ४८ घण्टा सम्म सरकारले आफ्ना माग संवोधन नगरे गण्डकी प्रदेशमा सार्वजनिक यातायात ठप्प पार्ने वताएका थिए सोही अनुसार महासंघले प्रदेश भरि श्रावण १३ गते आईतवार कालो प्लेटका सवारी साधन वन्द गरेको छ । उसको मागलाई विज्ञप्ती जारी गरेर यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि एकेवद्धता जनाएको छ ।
राईड सेयरिङ के हो ? यसले मान्यता पाउनु पर्छकी पर्दैन ? अथवा राईड सेयरिङलाई सञ्चालन गर्न दिनु ठिक की वेठिक भन्ने जस्ता कुराहरुमा वहस भईरहेको छ । सरकारले यात्रु ओसार पोसार गर्न र भाडाकमा सामान ओसार पोसार गर्नका लागि कालो प्लेटका सवारीसाधनहरुको व्यवस्था गरेको छ । मुलुकका सवै ठाँउमा छोटो वा लामो दूरीमा यात्रुहरुलाई ओसार पोसार गर्नका लागि वस, माईक्रो वस तथा ट्याक्सी, ट्याम्पो जस्ता सवारी साधनहरु कालो प्लेटमा गुड्छन भने माल समान वोक्नका लागि ट्रक, भ्यान, ट्याक्टर लगायतका सवारी साधनहरु कालो प्लेटमा गुड्ने गरेका छन् । कालो प्लेटका सावरी साधनमा यात्रा गर्नका लागि यात्रु तोकिएको ठाँउ सम्म पुग्नु पर्ने हुन्छ अर्थात वस चढ्नका लागि तोकिएका वस पार्क तथा वस स्ट्याण्डहरु सम्म र ट्याक्सी चढ्नका लागि पनि ट्यक्सी स्ट्याण्ड सम्म जानु पर्ने हुन्छ । गहुङ्गा सामान तथा झोलाहरु भएको खण्डमा यात्रुलार्ई झनै अपठ्यारो हुने गर्दछ । सवै यात्रु संग भाडाका सवारी साधनवालाको फोन नंवर पनि हुँदैन । यस्तो अवस्थामा आफ्नो मोवाईल फोनमा भएको एप ( पठाओ, ईन्ड्राईभ) वाट आफ्नो गन्तव्य सम्म जानका लागि भाडा समेत एकिन गरेर सवारी साधन आफ्नो घरमा वोलाउने र निर्वाध ढंगले यात्रा गर्ने सुविधा राईड सेयरिङमा रहेको हुन्छ । त्यसैले यात्रुहरुको रोजाई वनेका छन् राईड सेयरिङ । गण्डकी प्रदेशमा रार्ईड सेयरिङले मान्यता पाउनु हुन्छ की हुँदैन भन्ने वारेमा वहस चलिरहँदा हामीले करिव ५० जना मानिसहरुसंग कुराकानी गरेका थियौ उनिहरु मध्ये अधिकाशं मानिसहरु राईड शेयरिङले मान्यता पाउनुपर्छ भन्नेमा देखिएका छन् । राजधानी काठमाण्डौमा राईड सेयरिङले मान्यता पाईरहेको सन्दर्भमा पोखरामा किन नपाउने भन्ने प्रश्न स्वयम यात्रुहरुले गरेका छन् । परिवर्तित समय, यात्रुहरुको माग र चाहाना, वमोजिम गण्डकी प्रदेश सरकारले कार्यविधि वनाएर राईड सेयरिङलाई मान्यता दिन खोजेको वुझ्न गाहे छैन । तर यातायात व्यवसायीहरुले रार्ईड सेयरिङले मान्यता पायो भने आफ्नो व्यवसाय धरासायी हुने भनेर गरेको आन्दोलन उनिहरुको पेशागत सुरक्षाका लागि गरिएको आन्दोलनको रुपमा वुझ्नुपर्ने हुन्छ ।
पोखराको कुरा गर्ने हो भने स्थानिय प्रशासन र पोखरा महानगरपालिकाले मिटरमा ट्याक्सी चलाउन अनिवार्य गरेको भएपनि पोखराका अधिकांश ट्याक्सीहरु मिटरमा चल्दैनन् उनिहरुले हचुवा र मोलमोलाईका आधारमा यात्रुहरुसंग भाडा असुलिईरहेका छन् । उनिहरु सरकारले लगाएको नियम मान्न पनि तयार नहुने नयाँ तरिकाको एड्भान्स कुरा आउदा पनि त्यसको विरोध गर्ने गरेको देखिन्छ । राईड सेयरिङले मान्यता पाएपछि पक्कै पनि भाडाका सवारी साधनहरुको व्यपारमा कमी आउछ तर यात्रुले भने सुविधा पाउछन् । पोखरामा ट्याक्सीहरुको कार्टेलिङ छ भनेर हामीले भनिरहनुपर्दैन स्वयम् यात्रुहरुलेनै भनिरहेका छन् । अस्पतालवाट विरामी लिएर घरमा जानुपर्दा होस् या वसपार्कमा वसवाट झरेर ट्याक्सी लिएर घरतिर जाँदा होस् अथवा एयरपोटवाट घर तिर जाँदा होस् यात्रुले अमिलो मन वनाउदै ट्याक्सी चढ्नुपर्ने व्यथा हरेकसंग छ किन भने ट्याक्सीहरुले जति भाडा भन्यो त्यति तिरेर यात्रु गन्तव्यमा पुग्नु परिरहेको छ । न ट्याक्सी मिटरमा जान मान्छन् नत उनिहरुले भाडा मिलाएर लैजान्छन् यस्तो अवस्थामा राइड सेयरिङको वैधानिक व्यवस्था भएको खण्डमा यात्रुलाई निक्कैनै सहुलियत र सुविधा हुने देखिन्छ । भाडाका सवारी साधनका माग कसरी संवोधन गर्ने हो त्यो सरकारले जान्ने विषय हो तर नयाँ प्रविधि र विकासलाई कसैले रोकेर पनि रोक्न सक्दैन यस तर्फ सवै सचेत हुनु जरुरी छ ।