पोखरा , फागुन २७,
श्री बासथला गनगने पंधेरा खोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति ,पोखरा १३ आर्वाको सत्रौं साधारणसभा तथा नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडानं १३का अध्यक्ष किरण बरालले गरेका थिए । सो अवसरमा वोल्दै वरालले खानेपानी जस्तो संवेदनशील बिषयमा कसरी वडावासीलाई सफा शुद्ध खानेपानी उपलब्ध गराउने भन्ने बिषयमा आँफु सधैं चिन्तित रहेको वताए । खानेपानी उपभोक्ता समिति लाई वडाकार्यलय वाटै बजेट छुट्याएर नै थप ब्यवस्थापन गर्ने प्रतिवद्धता वरालले ब्यक्त गरे । उपभोक्ताबाट नै सञ्चालित उक्त खानेपानी आयोजनालाई बिशेष बजेटको ब्यवस्था गरी ब्यवस्थापनमा ध्यान दिने प्रतिवद्धता अध्यक्ष वरालले गरेका थिए ।
कार्यक्रममा पत्रकार तथा श्री मोहरपानी आदर्श टोल बिकाश संस्था पोखरा १३ आर्वाका अध्यक्ष श्रीराम सिग्देलले उपभोक्ता स्तरमा सञ्चालनमा रहेको यो उपभोक्ता समिति ले ठूलो मेहनतका साथ सयौं उपभोक्तालाई खानेपानी उपलब्ध गराएकोमा धन्यवाद ब्यक्त गरे । आगामी दिनमा खानेपानी लाईन मर्मत तथा निर्माणमा सबै उपभोक्तालाई समितीलाई सहयोग गर्न उनले सुझाव दिए ।
श्री बासथला गनगने पंधेरा खोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति का अध्यक्ष नर बहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा अमरज्योति आधारभुत बिध्यालय का प्रधानाध्यापक बिमल बहादुर बराल, थापाको चौतारा टोल बिकाश संस्था का अध्यक्ष राधाकृष्ण बराल, जागरण आमा समुहकी सचिव नमुना बराल, उपभोक्ता शिब प्रसाद बराल लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
साधारणसभामा अध्यक्ष नर बहादुर बराल द्वारा प्रस्तुत अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष मधुमाया बराल द्वारा प्रस्तुत कोषाध्यक्ष को प्रतिवेदन पारित गरिएको थियो । संस्थाका उपाध्यक्ष घनश्याम बरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सावित्री सिग्देल र सदस्य बद्री प्रसाद देवकोटाले गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।