पोखरा चैत्र १८,
नेकपा एमाले र माओवादीले एकलौटी रुपमा प्रदेश सरकारको नेतृत्वमा भागवण्डा गरेपछि नेकपा एकिकृत समाजवादी असन्तुष्ट वनेको छ । प्रदेश सरकारहरुको हकमा सत्ता गठवन्धनका दलहरु निर्णयमा पुग्न नसक्दा गठवन्धन दलमा दरार आउन थालेको भनेर कतिपयले टिप्पणी गर्न थालेका छन् । विषेश गरि नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशहरुको नतृत्व आफुहरुलेनै लिने रणनिती वनाएपछि गठवन्धन भित्र असन्तुष्ठि वढेको छ । एमाले र माओवादी विच ७ प्रदेश मध्येमा मधेश प्रदेश जनता समाजवादीले नेतृत्व गरेको हुनाले त्यसलाई नचलाउने, सुदुर पश्मि प्रदेश नागरिक उन्मुक्ति पार्टि एक ढिक्का भएर आएमा उसैलाई दिने, कर्णाली, लुम्विनी, गण्डकी, वाग्मति र कोशी ५ वटामा ३ एमालेले लिने र २ माओवादीले लिने गरि भित्री सहमति वनेपछि नेकपा एकिकृत समाजवादीका नेताहरुले प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको व्यवाहार प्रति असन्तुष्ठि ब्यक्त गरेका छन् । आईतवार वसेको शिर्ष नेताहरुको वैठकमा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफुहरुलार्य भ¥याङ मात्रै वनाउन खोजिएको भन्दै असन्तुष्टि ब्यक्त गरे ।
नेकपा एकिकृत समाजवादीले मधेश प्रदेश वा वाग्मती प्रदेशको मुख्यमन्त्रीमा दावी गरेको थियो । केन्द्रमा एमाले आओवादी गठवन्धनलाई साथ दिएको समाजवादीले गठवन्धनमा प्रधानमन्त्रीलाई विश्वासको मत दिदै गर्दा राष्ट्रिय सभाको उपाध्यक्ष र कुनै एक प्रदेश सरकारको नेतृत्वमा आफ्नो पार्टिको दावी रहने स्पष्ट पारेको थियो । त्यसवेलामा सहमति जनाएका ओली प्रचण्ड हाल आएर नेकपा एकिकृत समाजवादीलाई कुनै पनि प्रदेशमा सरकारको नेतृत्व दिन ईच्छुक नभएपछि समस्या देखिएको छ । भोली सोमवार वाग्मति प्रदेशका मुख्यमन्त्री शालिग्रम जमरकट्टेलले विश्वासको मत लिदैछ छन् । हाम्रो नेपाली पार्टिका दुईजनालाई प्रदेश सभा सदस्यको समर्थन आउने भएपछि जमरकट्टेलले विश्वासको मत लिन लागेको अवस्थामा सत्ता गठवन्धनकै सहयोगि दल नेकपा एकिकृत समाजवादीले भने विश्वासको मत नदिने स्पष्ट पारेको छ । उक्त पार्टिले सवै प्रदेशमा भागवण्डा नटुङ्गििदा सम्म जमरकट्टेललाई विश्वासको मत नदिने अडाने लिएको छ । आज विहान सत्ता गठवन्धनका शिर्ष नेताहरुको वैठकमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपि शर्मा ओलीले माधव कुमार नेपाल संग वाग्मतीमा जमरकट्टेल नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए । जवाफमा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ७ प्रदेश मध्ये एक प्रदेशको नेतृत्व आफ्नो पार्टिलाई दिनुपर्ने, सवै नियुक्तिहरुमा समान सहभागिता हुनुपर्ने अडान राखेका छन् । तर प्रधानमन्त्री प्रचण्ड र एमाले ओली समाजवादीलार्य कुनै पनि प्रदेशको नेतृत्व दिन सहमत नभएपछि वैठक निकर्ष विहिन वनेको नेकपा एकिकृत समाजवादीका नेताहरुले वताएका छन् । वाग्मती प्रदेशमा ७ सिट रहेको एकिकृत समाजावदीले विश्वासको मत नदिए बाग्मतीमा गठवन्धनको सरकार वन्ने अवस्था छैन ।
नेकपा एकिकृत समाजावादीले मधेश प्रदेशको मुख्यमन्त्री पाउने संभावना पनि छैन । किनभने मधेशमा जनता समाजवादीले कुनै पनि हालतमा मुख्यमन्त्री छोड्ने अवस्था छैन । बाग्मती प्रदेशको नेतृत्व माओवादीले नछोडेको अवस्थामा नेकपा एकिकृत समाजावदीलाई अरु प्रदेशको नेतृत्व गर्ने अवस्था देखिदैन किन भने अन्य प्रदेशमा समाजावदीका सदस्यहरुको संख्या न्यून छ यस्तो अवस्थामा मधेश र वाग्मती मध्ये कुनै पनि प्रदेशको नेतृत्व गर्ने अवसर प्राप्त नभएमा समाजवादीले एमाले र माओवादीका मुख्यमन्त्रीहरुलाई विश्वासको मत दिने अवस्था देखिदैन । हाल वाग्मती प्रदेशको कुरा प्रमुख भएपनि अरु प्रदेशमा पनि समाजवादी निर्णयक शक्ति मानिन्छ । उक्त पार्टिका वाग्मती प्रदेश संसदीय दलका नेता कृष्ण खनालले प्रदेश सरकारको भागवण्डामा आफ्नो पार्टिले कुन प्रदेशको नेतृत्व लिने हो क्लियर नभएसम्म आफु किनारका साँची वस्नको लागिमात्रै मत नदिने स्पष्ट पारेका छन् । यस सम्वन्धमा उक्त पार्टिका नेताहरुले माओवादी र एमाले दुई दल वसेर धेरै कुरा टुङ्ग्याउने अनि मात्रै आफ्नो पार्टि संग सोध्ने गरेको भनेर असन्तुष्टि ब्यक्त गरेका छन् । प्रदेश सरकारको नेतृत्वको भागवण्डा टुङ्ग्याउन नसक्दा गठवन्धन दलहरुमै असन्तुटि वढ्दै गएको स्पष्ट देखिएको छ ।