पोखरा मंसीर ११,
गण्डकी प्रदेशको स्याङ्जा क्षेत्र नं २ वाहेक अन्य सवै ठाँउको नतिजा सार्वजनिक भईसकेपछि अव गण्डकीमा कस्तो सरकार वन्ला, कुन कुन पर्टिहरु मिलेर सरकार वनाउलान् भन्ने कैतुहलता वढेको छ । बामपन्थी पार्टिहरु विभाजित हुँदा गण्डकी प्रदेशमा नेपाली काँग्रेले ठूलो सफलता प्राप्त गरेको छ । नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एकिकृत समाजवादीले नेकपा एमालेको विरुद्धमा गठवन्धन वनाएका थिए । गठवन्धन गरेका दलहरु मध्ये यो प्रदेशमा नेपाली काँग्रेसलाई प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा सफलता प्राप्त भएको छ भने गठवन्धन दलहरुमध्येका नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीलार्ई निक्कै घाटा भएको छ । नेकपा एमालेले पनि २०७४ सालको तुलनामा धेरै घाटा वेहोरेको छ । गण्डकी प्रदेश वामपन्थी पार्टिहरुको वहुल्य रहेको प्रदेश हो तर यस पटक वामपन्थी पार्टिहरु विभाजित वन्दा त्यसको राजनितीक रुपमा फाईदा काँग्रेसले लिएको छ ।प्रदेश सभा तर्फ नेपाली काँग्रेसले १७ नेकपा एमालेले १२ र माओवादी केन्द्रले ४ र स्वतन्त्र ले १ सिट जितेका छन् । स्याङजा २ को परिणाम आउन वाँकीनै रहेको छ । नेपाली काँग्रेसले गोरखावाट २ जना, मुस्ताङवाट २, तनहूँ वाट २, मनाङवाट १, लमजुङवाट २, कास्कीवाट २ ,पूर्वी नवलपरासीवाट १, म्याग्दीवाट १, वाग्लुङवाट ४, गरि १७ सिट जितेको हो । एमालेले तनहूँ वाट १, कास्की वाट ४, स्याङजावाट २, पूर्वी नवलपरासीवाट ३ , पर्वतवाट २ गरि १२ सिटमा जित हाँसिल गरेको छ । माओवादी केन्द्रले गोरखावाट २, म्याग्दीवाट १, र तनहूँवाट १ गरि ४ सटिमा जितेको छ । मनाङवाट स्वतन्त्रका दिपक गुरुङले जितेका छन् । नेकपा एमालेवाट विभाजित भएर वनेको नेकपा एकिकृत समाजवादीले भने प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा एक सिट पनि जित्न सकेन । समानुपातिक तर्फको सवै परिणाम आईसक्दाको अवस्थामा काँग्रेसनै ठूलो दल वन्ने र एमाले दोस्रो हुने छ । यस्तो अवस्थामा पनि काँग्रेसले एकल वहुमत पु¥याउन सक्दैन । स्याङ्जाका दुवै प्रदेश सभाका सिट काँग्रेले जितेमा पनि उसको १९ प्रत्यक्ष तर्फ र समानूपातिकमा ९ आयो भने पनि २८ हुन्छ । स्याङ्जामा १ सिट मात्रै जित्यो भने २७ हुन्छ र एकल बहुमत पुग्दैन उसले सरकार वनाउन माओवादीको साथ लिनु पर्ने देखिन्छ । ४ सिट प्रत्यक्षमा जितेको माओवादीले समानूपातिकमा ३ सिट ल्यायो भने उसको ७ सिट हुन्छ यस हिसावले ६० सदस्यीय प्रदेश सभामा आरामले काँग्रेस र माओवादीको सरकार वन्ने देखिन्छ । एमालेले समानुपातिकमा ९ या १० ल्यायो भने पनि उसको २२ हुन्छ स्याङ्जामा १ सिट ल्यायो भने २३ हुन्छ त्यस्तो अवस्थामा एमालेको एकल सरकार वन्ने अवस्था देखिदैन । २०७४ सालको प्रदेश सभामा एमाले र माओवादी मिल्दा आरामदायी सरकार वनेको थियो भने एमाले वाहेकको काँग्रेस, माओवादी, जसपा , राजपा र स्वतन्त्रको सरकार वनाउनु परेको थियो । एमालेलाई यस पटक गण्डकी प्रदेशमा नराम्रो धक्का लागेको छ । यद्यपी समनूपातिक तर्फको सिट संख्या भने वाँडफाँड भएको छैन ।