पोखरा वैशाख, ९
गण्डकीमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । चैत्र १० गते सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका नेकपा एमालेका नेता खगराज अधिकारीले ३० दिनको दिन आज गण्डकी प्रदेश सभामा विश्वासको मत मागेका थिए । प्रदेश सभाको आजको वैठकमा अधिकारीको पक्षमा २४ मत र विपक्षमा ३५ मत परेको छ । अधिकारीलाई एमालेका २२ र राप्रपाका २ जना प्रदेश सभा सदस्यले मत दिएका थिए । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले अधिकारीको विपक्षमा मतदान गरेका थिए । प्रदेश सभाको वैठकवाट विश्वासको मत नपाएपछि अधिकारी नतृत्वको सरकार ढलेको छ । अव गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । गण्डकीमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको सरकार वन्नेछ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।