।
गण्डकीवाट तिनै जना सत्ता गठवन्धनका उमेद्धार विजयी
पोखरा माघ ११,
राष्ट्रिय सभाको रिक्त १९ सदस्य पदका लागि आज ७ वटै प्रदेशमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । आज भएको निर्वाचनमा गण्डकीवाट ३ जनै सत्तारुढ गठवन्धनका उमेद्धवार विजयी भए । अन्यमा सत्तारुढ गठवन्धनको तर्फवाट नेपाली काँग्रेसका किरण वावु श्रेष्ठ र अपाङ्गता तर्फ पदम परियार तथा महिलामा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा सुवेदी निर्वाचित भएकी छन् । अन्य समूहवाट निर्वाचित श्रेष्ठले ३८०८ मतभार, परियारले ३४७४ मतभार र सुवेदीले ३६६० मतभार प्राप्त गर्दै विजयी भएका हुन् । खुल्ला तर्फ एमालेका चक्र वहादुर पराजूलीले २४७७, संझना देवकोटाले २५५३ र हेमचन्द्र शेरचनले २४५६ मतभार प्रप्त गरेका छन् । राप्रपाको तर्फवाट रोम वहादुर भण्डारी र गौ माया श्रेष्ठले प्रदेश सभा तर्फका २ जना उमेद्धारको मत प्राप्त गरेका छन् ।