पोखरा भाद्र २९,
गण्डकी प्रदेशको प्रेस रजिष्टारमा बिमला भण्डारी नियुक्त भएकी छन् । शुक्रवार वसेको गण्डकी प्रदेश मन्त्री परिषदको वैठकले नेपाल पत्रकार महासंघ कास्की शाखाकी अध्यक्ष समेत रहेकी भण्डारीलाई ४ वर्षका लागि रजिष्टारमा नियुक्त गर्ने निर्णय गरेको हो । गण्डकी प्रदेश आमसञ्चार ऐन २०८० अनुसार भण्डारीलार्ई नियुक्त गरिएका हो । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री एवं सरकारका प्रवक्ता टकराज गुरुङको संयोजकत्वमा मुख्यमन्त्री कार्यालयका सचिव केशवराज ढकाल र अग्रज पत्रकार रविन्द्र वास्तोला सदस्य रहेको समितिले भण्डारीलाई नियुक्त गर्न सिफरिस गरेको थियो । सोही सिफारिसका आधारमा मन्त्री परिषदको वैठकले भण्डारीलार्ई प्रेस रजिष्टारमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।