पोखरा चैत्र २५,
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लिराज भट्टले अधिकारीलाई आईतवार संविधानको धारा १६८ को उपधारा २ अन्तर्गत मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यस अधि अधिकारीले नेकपा एमालेका २२, नेकपा माओवादीका सभामुख सहित ८ र नेकपा एकिकृत समाजवादीका १ गरि ३१ प्रदेश सभा सदस्यको समर्थन सहितको पत्र प्रदेश प्रमुखलाई वुझाएका थिए । नव नियुक्त मुख्यमन्त्री अधिकारीले आजै सपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख भट्टले दिउसो सपथ ग्रहण गराएका थिए । मुख्यमन्त्री अधिकारीले ३ सदस्यीय मन्त्री मण्डल समेत गठन गरेका छन् । नेकपा माओवादी केन्द्रवाट प्रदेश सभा संसदीय दलका नेता हरिवहादुर चुमान, र गण्डकी प्रदेश सभामा स्वतन्त्र सांसदको हैसियत कायम गरिदिन प्रदेश सभामा निवेदन दिएका नेकपा एकिकृत समाजवादीका राजिव गुरुङलाई विना विभागिय मन्त्रीमा नियुक्त गरेर अधिकारीले ३ सदस्यीय मन्त्री मण्डल वनाएका हुन् ।
गण्डकी प्रदेश सभाका सभामुख कृष्ण प्रसाद धितालले नेकपा माओवादीवाट चुनाव जितेका हुन् । सभामुखमा निर्वाचित भएपछि सभामुखले प्रदेश सभामा स्वतन्त्र हैसियतले काम गर्नुपर्ने भएकाले सभामुखले दलीय आवद्धता त्याग्नुपर्ने प्रावधान रहेको छ । सोही अनुसार सभामुख धितालले माओवादीसंगको दलीय आवद्धता त्यागिसकेका छन् । गण्डकी प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखको समेत गणना गरि संविधानको धारा १६८ को उपधारा २ वमोजिम सरकार गठनका लागि दावी पेस गरेका छन् । यसरी सरकार वनाउन सभामुखलार्ई गणना गर्न नमिल्ने र त्यो कानून विपरित हुने नजिर विगतमा कोशी प्रदेशमा स्थापित भईसकेको छ । संविधानको धारा १६८ को उपधारा २ वमोजिम सरकार गठनका लागि राप्रपाले समर्थन दिएमा सत्ता गठवन्धनका नेता अधिकारी संग स्पष्ट वहुमत पुग्ने अवस्था थियो तर राप्रपा आन्दोलनमा रहेको र तत्काल समर्थन दिन ईकार गरेकाले अधिकारीले जसरी पनि वहुमत पु¥याउनका लागि सभामुखलाई समेत गणना गरि दावी पेस गरेर मुख्यमन्त्रीमा नियुक्त भए । सत्ता गठवन्धनवाट आफुले १६८ ,२ अनुसार सरकार गठन गर्न नसकेमा संविधानको धारा १६८ को उपधारा ३ अनुसारको प्रक्रिया अगाडि वढ्ने र सो प्रक्रिया अनुसार गण्डकी प्रदेश सभामा सवै भन्दा ठूलो दल नेपाली काँग्रेसले सरकार वनाउने अवस्था रहेकाले काँग्रेसलाई रोक्न अधिकारीले सभामुखलाई प्रयोग गरेको देखिन्छ ।
यसै विच नेपाली काँग्रेसले सरकार गठन प्रक्रियामा बहालवाला सभामुखलाई समेत गणना गरिएकोमा आपत्ति जनाएको छ । नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलले सभामुखलाई समेत सरकार गठन प्रक्रियामा समोल गराएर जालझेल गरिएको जनाएको छ । निवर्तमान मुख्यमन्त्री तथा गण्डकी प्रदेशमा नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख डिल्लिराज भट्टलाई यस वारेमा ध्यानाकर्षण पत्र समेत वुझाएका छन् । काँग्रेसले यो प्रक्रियावाट मुख्यमन्त्रीमा अधिकारी नयुक्त भएकोमा आपत्ति जनाउदै अदालत जाने वताएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।