पोखरा भाद्र १२,
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी गण्डकी प्रदेश समितिकाका अध्यक्ष श्रीनाथ वराल सो पार्टिको मंगलवार भएको निर्वाचनमा केन्द्रिय सचिवमा निर्वाचित भएका छन् । वरालले १०७ मत प्राप्त गरेका थिए । सचिवका लागि गण्डकी प्रदेशवाट पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्य दिल कुमारी पन्त र दलित कोटाको सचिवमा कृष्ण वहादुर नेपालीले प्रतिष्प्रर्धा गरेका थिए । ४ जनाले सचिवमा प्रतिष्प्रर्धा गरेको भएपनि सवैलाई पछाडि पार्दै वराल सचिवमा निर्वाचित भएका हुन् । ३२२ मत खसेकोमा वराल १०७ मत ल्यएर निर्वाचित भए भने दिलु पन्त १ मतले पराजित भईन् । ९१ मत ल्याएर सुदुर पश्चिम प्रदेशका चन्द्र वहादुर शाही निर्वाचित हुँदा ९० मत ल्याएकी पन्त पराजित हुन पुगिन् । सचिवमा प्रतिष्प्रर्धा गरेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ७५ मत प्राप्त गरेका थिए । त्यसै गरि सचिवमै प्रतिष्प्रर्धा गरेका सुदुर पश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री दिर्घ सोडारीले ५३ र सुदुरपश्चिम प्रदेशका निवर्तमान आर्थिक मामिला मन्त्री नरेश शाहीले ६६ मत प्राप्त गरेका थिए । दलित समूदायको सचवमा प्रतिष्प्रर्धा गरेका कृष्ण वहादुर नेपालीले २६ मत प्राप्त गरेका थिए ।