पोखरा असोज १४,
नेपाली काँग्रेस र नेकपा एमालेको गठवन्धनवाट वनेको गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशमा सरकार गठन भएको झण्डै एक महिनापछि संयुक्त सरकारको नितीगत प्रतिवद्धता सार्वजनिक गरेको छ । हिजो आईतवार मुख्यमनत्री तथा मन्त्री परिषदको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम गरि गण्डकी प्रदेशका मुख्यमनत्री सुरेन्द्रराज पाण्डेले ५९ वुँदे नितीगत प्रतिवद्धता सार्वजनिक गरेका छन् । प्रतिवद्धता पत्र सार्वजनिक गर्दै मुख्यमन्त्री पाण्डेले नेपाली काँग्रेस र नेकपा (एमाले) वीच मिति २०८१ असार १७ गते भएको ७ वुँदे सहमतिलाई स्वागत गर्दै सहमतिको मर्म र भावना वमोजिम गण्डकी प्रदेशमा नेपाली काँग्रेस र नेकपा (एमाले) वीच २०८१ भदौ १७ गते संयुक्त सरकार गठन भएको र संयुक्त सरकारलाई जनभावना अनुरुप प्रभावकारी रुपमा संचालन गरी “आत्मनिर्भर र समुन्नत प्रदेश ः सुखी प्रदेशवासी” को सोचलाई मूर्त रुप दिन संकल्प सहितको प्रतिवद्धता सार्वजनिक गरिएको वताए ।
सार्वजनिक गरिएका प्रतिवद्धतामा नागरिकको सर्वोपरी हित र सेवामा समर्पित भई प्रदेश सरकार संचालन गर्ने, समुन्नत प्रदेशका लागि प्रभावकारी सार्वजनिक सेवा को मूल मर्मलाई आत्मसाथ गर्दै नीतिगत एवम् संरचनात्मक सुधारगरी सेवा प्रवाहलाई चुस्त, गुणस्तरीय र नतिजामुखी बनाइने, डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरी सार्वजनिक सेवा प्रवाह क्रमश क्यासलेस, फाईल लेस र पेपरलेस बनाउदै अनलाइन प्रणालीद्वारा उपलव्ध गराउने व्यस्था गर्ने, सदाचार युक्त गण्डकी प्रदेश अभियानलाई सार्थक बनाउन भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति कडाइका साथ लागु गरिने,स्वच्छ र उद्यमशिलता मैत्री व्यवसायिक वातावरण निर्माण गर्न नीति तथा कानुनी व्यवस्थामा सुधार गर्दै लगिने, साथै नीजी क्षेत्रको लगानीमैत्रि वातावरण निर्माण गर्न आवश्यक व्यवस्था गरिनेछ र लगानी प्रोत्साहन गर्न सहकार्य गर्ने प्रतिवद्धतामा उल्लेख छ ।
यसै गरि प्रदेश समुन्नतिका रुपान्तरणकारी कार्यक्रम तथा आयोजना, रणनैतिक महत्व तथा प्राथमिकता प्राप्त आयोजना, प्रमुख हस्तक्षेपकारी योजना, क्रमागत योजनाको समग्र प्रगति तथा महत्वको पुनरावलोकन गर्दै समयमै सम्पन्न गर्न विशेष ध्यान दिइने, प्रदेशवासीलाई सुशासनको प्रत्याभूति गराउँदै सार्वजनिक सेवाका क्षेत्र जनमैत्री, प्रभावकारी र सहज बनाइने , कोरलादेखि त्रिवेणीसम्मको सडक निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अगाडी बढाउने । व्यापारिक प्रयोजनका लागि आवश्यक पूर्वाधार सहित छिमेकी राष्ट्रसँगको सिमा नाका सुचारु गर्न विशेष पहल गर्ने, प्रदेशका नदी उपत्यकामा आर्थिक, सामाजिक, सांस्कृतिक एवम् शैक्षिक केन्द्रका रुपमा विकास गर्न व्यवस्थित शहरीकरण एवं एकीकृत सुरक्षित वस्ती विकास कार्यक्रमको गुरुयोजना निर्माण गर्ने साथै जनता आवास कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने, सवारी दुर्घटना न्यूनिकरणको लागि पुराना सवारी साधानको समुचित व्यवस्थापन, पूर्वाधारमा सुधार र यातायात क्षेत्रका जनशक्तिको व्यवाहार जन्य शिल्प एवम् क्षमता विकास गर्नुका साथै ट्राफिक सचेतना कार्यक्रम संचालन गर्ने,सुरक्षित यातायात सेवाको लागि आधुनिक ट्राफिक प्रणालिको विस्तार र वैकल्पिक मार्गको स्तरोन्नति गर्दै यातायात सेवालाई थप सहज र सर्वसुलभ बनाउन राईड शेयरिङ जस्ता सेवालाई कानुनद्वारा व्यवस्थित गरी संचालन गर्ने ,यातायात प्रणालीको अनलाईन सेवालाई थप प्रभावकारी बनाउन सम्पूर्ण सफ्टवयेरको संचालन तथा व्यवस्थापन र सवारी चालक अनुमतिपत्र छपाई प्रदेशबाट नै गर्ने गरी व्यवस्था मिलाउन संघीय सरकारसँग सार्थक पहल गरिन प्रतिवद्धता प्रदेश सरकारको नितीगत प्रतिवद्धतामा जनाईएको छ ।
आधारभूत खानेपानीको पहुँच सुनिश्चित गर्न एक घर एक धारा कार्यक्रम र निर्माणाधिन अधुरा आयोजना सम्पन्न गर्ने ,गण्डकी प्रदेश खानेपानी, सरसफाई तथा स्वच्छता कार्ययोजना तर्जुमा कार्यक्रमलाई निरन्तरता दिने
विद्युत, खानेपानी र सिँचाइलाई एकिकृत हुने गरी बहुउद्देश्यीय आयोजनाको विकास र संचालनमा जोड दिने लगायतका विषयहरु नितीगत प्रतिवद्धतामा परेका छन् ।
खेती योग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पु¥याउन थप कार्यक्रम विस्तार गर्ने,।
स्वास्थ्य सेवालाई गुणस्तरीय, सर्वसुलभ र पहुँचयोग्य बनाउन स्वाथ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउदै स्वास्थ्य सचेतना कार्यक्रम विस्तार गरी निरोगी प्रदेशको अवधारणालाई सार्थक तुल्याउन विशेष पहल गर्ने,डायलासिस सेवाका लागि प्रतिक्षारत बिरामीलाई सुन्यमा राख्ने, प्रदेशका ११ वटै जिल्ला अस्पतालको क्रमशः क्षमता बिस्तार गर्दै लगिने ,गुणस्तरीय मातृ तथा नवशिशु सेवाको प्रत्याभूति सहित पूर्ण संस्थागत सुत्केरीयुक्त प्रदेश बनाउने अभियानमा जोड दिने ,आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरि पहिले घरदेशस् अनि परदेश कार्यक्रम सञ्चालन गर्ने, । पर्यटनको समग्र विकासमार्फत आर्थिक विकास र रोजगारी वृद्धिमा टेवा प¥याउने उद्देश्यले पर्यटकीय पूर्वाधार निर्माण र नयाँ पर्यटकीय गन्तव्यको खोजी, व्यवस्थापन एवम् प्रचार प्रसार गर्ने,
पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको सन्दर्भमा पोखरा जाऔ प्रकृति र संस्कृतिसँग रमाऔ भन्ने मुल मर्मका साथ पर्यटन पूर्वाधार विकासमा विशेष जोड दिने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानलाई सुचारु गर्नुका साथै आन्तरिक उडानका सेवालाई सबै प्रदेशमा विस्तार गर्न आवश्यक पहल र समन्वय गर्ने वतार्ईएको छ ।
कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण, विविधिकरण र यान्त्रीकरण गर्न आवश्यक नीतिगत र संस्थागत सुधार मार्फत उत्पादन र उत्पादकत्वमा वृद्धि गरी किसानको आयस्तरमा सुधार गर्ने , कृषिमार्फत उद्यमशीलता विकासमा सहकारी क्षेत्रलाई परिचालन गर्ने र कृषि उत्पादनको ब्लक तथा पकेट क्षेत्र विस्तार गरी कृषी उत्पादन वृद्धि गर्ने,सार्वजनिक जग्गाको अतिक्रमण रोक्ने, कृषि उपजको भण्डारण एवं वजारीकरणको सुनिश्चिता गर्ने लगायतका विषयहरु संयुक्त सरकारको नितीगत प्रतिवद्धतामा जनाईएको छ ।
रोजगारी र उद्यमशिलता उन्मूख स्वरोजगारीका लागि व्यवसायिक सिप तथा तालिमको व्यवस्था गर्ने, उत्पादनसँग युवा अभियान संचालन गरी युवालाई उद्यमशिलता तर्फ प्रोत्साहन गरि सुरुवाती व्यवसाय गर्न चाहनेका लागि वीउ पुँजी (सीड मनी) सहुलियतपूर्ण व्याजदरमा सहजरुपमा उपलव्ध गराउने,
सुचना प्रविधि क्षेत्रमा व्यवसायिक विस्तारको सम्भावनालाई सहजिकरण गरी पोखरालाई आइ.टि.हव९क्ष्त् ज्गद० को रुपमा विकास गर्दै रोजगारी सिर्जना तथा निर्यात व्यापारको माध्यमका रुपमा विकास गर्ने जनाईएको छ ।
सामुदायिक क्याम्पससँग प्रदेश सरकार कार्यक्रमलाई प्रभावकारी वनाइने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै बिग विद्यालय, लीड विद्यालय र आवासीय विद्यालय विकास तथा विस्तार कार्यमा स्थानीय तहसँगको साझेदारीमा जोड दिइने प्तिवद्धता गरिएको छ ।
अपाङ्गता भएका नागरिक, वेसहारा, सडक वालवालिका र सडक मानव लगायतका लागि संविधानले सुनिश्चित गरेको सामाजिक न्याय प्रत्याभूत गर्ने साथै सडक मानव मुक्त प्रदेशलाई अझै प्रभावकारी रुपमा अगाडि बढाईने,सहकारीमा देखिएका अनियमितता तथा अपचलनलाई रोक्न प्रभावकारी अनुगमन र नियमन गर्दै बचतकर्ताको बचत सुरक्षण गर्न गम्भिरतापूर्वक कार्य गर्ने लगायतका विषयहरु संयुक्त सरकाले पुरा गर्ने प्रतिवद्धता गरेको छ ।
प्रतिवद्धतामा समाजमा प्रायोजित ढंगले विस्तार गर्न खोजिएको नकारात्मक सोच, भाष्य, दुष्प्रचार, जनताको मनोवल गिराउने प्रयास, प्राप्त उपलब्धीलाई समेत निस्तेज गर्न निषेधात्मक सोच र हिनभावनालाई अन्त्य गर्दै तथ्यमाथि आधारित सकारात्मक वहस, रचनात्मक विमर्श र जनताको आत्मविश्वास वढाउने नीति लिइने उल्लेख छ । प्रतिवद्धता सार्वजनिक गर्दै मुख्यमन्त्री पाण्डेले संयुक्त सरकारको साझा संकल्प र नीतिगत प्रतिवद्धता पूरा गर्न समस्त प्रदेशवासीहरुसंग सहयोग को अपेक्षा रहेको वताएका थिए ।