पोखरा आषाढ ५,
पोखरा महानगरपालिका वडा नं.१४ बाच्छिवुडुवा (वात्सायन क्षेत्र) मा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाम (गौशाला) लाई माछापुच्छ्रे बैकंले नगद रु.१० लाख सहयोग प्रदान गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त सहयोग प्रदान गरेको वैकका निर्देशक रोशन के.सीले वताए ।
सडकमा छोडिएका पशुचौपायहरुलाई व्यवस्थापन गरी पालनपोषण गरिरहेको राष्ट्रिय परोपकार महासङ्घको पवित्र कार्यमा बैङ्कका तर्फबाट सहयोग गरिएको केसीले वताए । छाडा पशु चौपायाको व्यवस्थापनले सडक सुरक्षामा पुग्ने अवरोधलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण सहयोग पुग्ने केसीले वताए । गौशालालाई उक्त सहयोग उपलब्ध गराएर बैंैकको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्न पाएकामा आफूहरूलाई गर्व लागेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले वताए । स्व.सिताराम के.सीको सक्रियतामा पोखराबाटै स्थापना भई सञ्चालनमा रहेको माछापुच्छ्रे बैङ्क नेपालको बैङ्किङ क्षेत्रको अग्रणी वित्तीय संस्था मध्येको एक मानिन्छ ।

सहयोग ग्रहण गर्दै राष्ट्रिय परोपकार महासङ्घका संस्थापक एवं गोकुलधामका परिकल्पनाकार युवा पण्डित कमलनयन गौतमले बैङ्क प्रति आभार प्रकट गर्दै गोकुलधाममा रहेका पशुचौपायहरुको पालनपोषणका लागि विभिन्न दाताहरूबाट सहयोग आउने क्रममा जारी रहँदा बैङ्कले गरेको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बापत नगद रु.१० लाख बराबरको सहयोग निकै महत्त्वपूर्ण रहेको वताए । बोलीमा मात्र सीमित गौ सेवाको अभियानलाई व्यवहारिक बनाउने उद्देश्यले सरोकारवाला सबैलाई घचघच्याउनका लागि गोकुलधामको प्रारम्भ गरिएको गौतमले वताए । पोखरा आउने पर्यटकहरू, भ्रमणका लागि आउने विभिन्न स्वदेशी तथा विदेशी समूहहरू, विद्यार्थीहरू सवैसवैलाई गौशालासम्म पुग्ने अवस्थाको सृजना गरिने गौतमले वताए । हाल गौशालामा २५० बढी गाईहरू संरक्षित छन् । पोखरा महानगरपालिकाको व्यवस्थापनमा सञ्चालित गौशाला सडकमा छोडिएका पशुचौपायहरुको आश्रय स्थल बनेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।