पोखरा, चैत्र ५,
नेकपा एकिकृत समाजवादीका सचिवालय सदस्य धनश्याम भूषाल महासचिव भएका छन् । आज सो पार्टिका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा वसेको सचिवालय वैठकले भूषाललाई महासचिवमा मानोनित गरेको छ । हाल महासचिव रहेका वेदुराम भूषालको वढुवा भएको छ उनि उपाध्यक्ष वनेका छन् । । केही समय अगाडि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका भूषाल नेपालको वामपन्थी विचारकका रुपमा परिचित नेता हुन् । नेकपा एमालेमा उप महासचिव भर्ईसकेका भूषाल गत मंसीरमा सम्पन्न प्रसितनिधि सभा निर्वाचन अगाडिनै एमाले परित्याग गरी स्वतन्त्र वसेका थिए । नेकपा एमालेको चितवन महाधिवेसनमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने ओलीको सर्वसत्तावादलार्ई चुनौती दिदै विधि र प्रणाली कायम गर्ने भन्दै महासचिवमा शंकर पोखरेल विरुद्ध उमेद्धवारी दिएका भूषाल त्यसपछि एमालेमा अध्यक्ष ओलीको कोपभाजनमा परेका थिए फस्वरुप उनि उक्त पार्टिवाट प्रतिनिधि सभा सदस्यको टिकट पाउनवाट समेत वंचित भएका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।