पोखरा, फगुन २५,एमनेस्टी इन्टरनेसनल पुरुञ्चौर युथ नेटवर्कको आयोजना तथा हरीयाली आमा समुहको सहकार्यमा ११३ औ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा बुधवार पुरुञ्चौरमा मलाई रातो रङ लगाई देउ शिर्षकमा जनचेतना मुलक प्रस्तुती प्रदर्शन गरियो । कार्यक्रममा बोल्ने बक्ताहरुले अझैपनि महिला हिंसा अन्त्य नभएको र महिलाहरु समाजमा आँफु खुशी बाच्न नपाएको दुखेसो पोखे । सो अवसरमा वोल्ने बक्ताहरुले पहिरनका हिसावले पनि महिलाहरु बञ्चित हुनु परेको वताएका थिए ।
कार्यक्रममा युथ नेटवर्कका सदस्यहरुले मलाई रातो रङ लगाईदेउ शिर्षक मा विविध प्रस्तुतिहरु देखाएका थिए । एउटा महिलाले श्रीमान बितेकै कारण रातो वस्त्र पहिरन गर्न नहुने भन्ने सामाजिक कुसंस्कार को शिकार भैरहेको लगायतका प्रस्तुतिहरुले कार्यक्रममा सहभागी महिलाहरु भावुक देखिन्थे । कार्यक्रमको प्रस्तुतिको नेतृत्व नेटवर्क की सदस्य सुनिता अधिकारीले गरेकी थिईन् । कार्यक्रममा सेतो पहिरन लगाउने महिला कसरी रंगीन पहिरन लगाउँदा समाजबाट अपहेलित भएका छन् भन्ने दृष्य देखाईएको थियो । तर कार्यक्रमको उध्येश्य विधवा महिला लाई कुसंस्कार होईन संस्कारिक देखाउने पहिरन मात्रले होईन भन्ने सन्देश दिन मलाई रातो रङ लगाई देउ शिर्षक मा प्रस्तुतिहरु देखाईएको आयोजकले वताएका छन् ।
कार्यक्रममा पोखरा महानगरपालिका वडानं १९का वडा अध्यक्ष पुस्पेन्द्र पाण्डे, वडा सदस्यहरु दुर्गा बस्नेत, सुनिता सुनार,हरियाली आमा समुहकी अध्यक्ष ईन्द्र कुमारी पौडेल, एमनेस्टी इन्टरनेसनल पुरुञ्चौर युथ नेटवर्क की सदस्य सुनिता अधिकारी लगायतले यस प्रकारको कार्यक्रमले समाज परिवर्तनमा सघाउ पुग्ने विश्वास ब्यक्त गरेका थिए । कार्यक्रममा बिभिन्न पार्टी का प्रतिनिधि, आमा समुह,टोल बिकाश संस्था, युवा क्लब लगायतका संघ संस्थाको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।