पोखरा कार्तिक ३०
प्रतिनिधि सभामा गठवन्धनका कास्की क्षेत्र नं २ का साझा उमेद्धवार श्रनिाथ वराल र प्रदेश सभा १ का उमेद्धवार विश्व प्रकाश लामिछाने र २ का उमेद्धवार विन्दु कुमार थापाले जनतासंग शिक्षा, स्वास्थ्य, जेष्ठ नागरिक, वालवालिका, भूमी हिन सुकुम्वासी किसान , मजदुर लगायतका समस्यामा मसिनो गरि ध्यान दिने वताएका छन् । निर्वाचन प्रचार प्रसारको क्रममा कार्तिक १७ गते देखि जनताको घर दैलोमा मत माग्न जाने क्रममा जनताका कुरा सुन्दै उमेद्धवारहरुले जनताका समस्याहरुलाई आफु निर्वाचित भएर गएपछि मसिनो तरिकाले समाधानमा ध्यान दिने वताए । आफ्नो निर्वाचन क्षेत्र पोखरा महानगरपालिका वडा नं ३३,२१,१७,१५,७,८,९,४,११,१६ र २० का जनताहरु संगको भेटघाटका अवसरमा प्रतिनिधि सभा सदस्यका उमेद्धवार नेकपा एकिकृत समाजवादीका नेता श्रीनाथ वरालले आफुले स्थानिय आवश्यकताका विषयहरुलाई प्राथमिकतामा राख्दै जनताको दैनिक जिवन संग सम्वन्धित विषयमा सरोकारवाला निकायलाई झक्झक्याउनेृ मात्र नभई निती निर्माणको तहमा समेत आवाज उठाउने वताए । महङ्गी हरेक क्षेत्रमा वढेको छ, शिक्षा स्वस्त्य त्यस्तै महङ्गो भएको छ । स्वास्थ्य र शिक्षालाई निशुल्क गर्नुपर्ने कुरालाई आफुले संसदमा जोडदार ढंगले उठाउने र निशुल्क गराएरै छाड्ने वताए । स्थानिय तह, प्रदेश सरकार र संघिय सरकारको विचमा समन्वय गरेर बिकासको नयाँ मोडेल अगाडि सार्ने वरालले वताए । आफु जनप्रतिनिधिमा निर्वाचित भएपछि जनताको साथ साथमै रहने , जनताले भेट्दा पाउने र उनिहरुका हरेक कुरा सुन्ने र समाधान गर्ने वरालले वताए । आफुले भनेका कुराहरुलाई झुट्टा आश्वासन भनेर नवुझ्न वरालले जनतालाई आग्रह गरेका छन् ।
त्यसै गरि प्रदेश सभा १ का उमेद्धवार विश्व प्रकाश लामिछानेले गठवन्धनले प्रगितमनलार्ई परास्त गरेकाले बिकास र संमृद्धिको नेतृत्व पनि गठवन्धनलेनै लिने वताउदै जनतासंग प्रतिवद्धता गरिएका सवै कुराहरु पुरा गर्न आफुहरुको तर्फवाट कुनै कसर नरहने वताए ।
प्रदेश सभा २ का उमेद्धवार विन्दु कुमार थापाले आफुले जनताको पक्षमा विगतमा पनि सेवा सुविधा नलिई काम गरेको वताउदै यो पटक पनि सरकारी सेवा सुविधा जनतालाईनै खर्चिने वताए । बिगतमा प्रदेश सभा र सरकारमा वस्दा निती निर्माणको काम गरेको वताउदै अव गण्डकी प्रदेशलाई संमृद्धि तिर लैजान आफुले ध्यान दिने वताए । संमृद्ध गण्डकी प्रदेश वनाउने आधारहरु आफुहरुसंग रहेको वताउदै गठवन्धवाट मात्रै बिकास र संमृद्धि संभाव भएको थापाले वताए । जनतासंग गरेका प्रतिवद्धता त्यसै नगरेको वताउदै काम गर्नका लागि प्रतिवद्धता ब्यक्त गरिएको थापाले वताए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।