यही मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको नतिजाले पुराना र पंरपरागत राजनितीक पार्टिहरुलार्ई झस्काएको छ । जनताले यथास्थितीवाट मुक्ति चाहेको यो चुनावी नतिजाले देखाएको छ । मुलुकको दूराअवस्थाप्रति पुराना र आफुलाई ठूला हुँ भन्ने दलहरु चिन्तीत नभएकाले जनताले परिवर्तन गर्ने शक्तिलाई खोजेको देखिएको छ । जनताले ६ महिना अगाडि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टिलार्ई यति धेरै विश्वास गरेका छन् की उनिहरुका अगाडि २००७ साल देखि अनवरत रुपमा राजनिती गरेका दलहरु समेत फिका सावित भएका छन् । मतदाताहरुको आकर्षण राष्ट्रिय स्वतन्त्र पार्टि, स्वतन्त्र उमेद्धवारहरु र २०७४ सालमा राष्ट्रिय पार्टि वन्न नसकेको राप्रपा तर्फ देखिएको छ । हुनत नेपाली काँग्रेस र एमाले ठूला पार्टि भएका छन् तर ठूला शहरका मततादा जहाँ मानिसहरुको चेतना उच्च रहेको छ त्यहाँका मतदाताले पुराना दललाई गतिलो पाठ पढाईदिएका छन् । मतदाताहरुले परिवर्तन चाहेका छन् र पुराना दलहरुले मुलुकमा देखिएका समस्या समाधान गर्न सक्दैनन् भन्ने कुराको संकेत गरिदिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टिमा यति धेरै जनलहर देखिएको छ की त्यसलाई कसैले पनि कल्पना गरेको थिएन । प्रदेशको संरचना नचाहिने वताएर प्रदेश सभा तर्फ उमेद्धवारी नदिएको उक्त दलले प्रदेश सभा तर्फ पनि उमेद्धवारी दिएको भए प्रदेशमा पनि भारी मत ल्यउने अनुमान गर्न सकिन्छ ।
ठूला पार्टिका नेताहरु जो पटक पटक मन्त्री भए , शासन सत्तामा वसे जनताको भन्दा आफ्नो चिन्ता गरे त्यस्ता नेताहरुलाई जनताले अस्वीकार गरिदिएका छन् । मुख्य रुपमा नेकपा एमाले र माओवादीका ठूला नेता चुनावमा हारेका छन् । नेपाली काँग्रेसका नेताहरु पनि ५ दलिय गठवन्धनको मतको कारण राष्ट्रिय स्वतन्त्र पार्टि र स्वतन्त्र उमेद्धवारहरुहरुसंगको प्रतिष्प्रर्धामा मुस्किलले फुत्किएका छन् । काठमाण्डौ क्षेत्र नं १मा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह राप्रपाका रविन्द्र मिश्र संग अत्यन्तै झिनो मतले विजयी भएका छन् । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष, महासचिव कतिपय उपाध्यक्षहरु, सचिवहरु, नेकपा माओवादी केन्द्रका महासचिव, उप महासचिव लगायतका प्रभावशाली नेताहरुलाई जनताले छानीछानी हराईदिएका छन् र उनहरुका ठाँउमा कतिपय नया पार्टिका नयाँ अनुहारहरुलाई विजयी वनाईदिएका छन् । यस वाट के देखिएको छ भने राजनितीलाई सेवा भाव नभई पेशाको रुपमा दुरुपयोग गर्नेहरुलाई जनताले दण्डित गरेको देखिएको छ ।
मुलुकले गणतन्त्रका १७÷१८ वर्षमै परिवर्तन खोजेको देखिएको छ । जनताको लागि राजनिती गरेका दलहरुवाट जनताको लागि काम नभएपछि जनताले परिवर्तन खोजेका छन् । गणतन्त्र प्राप्ती पछिका १७ ÷१८ वर्ष र लसंघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण भएपछिका ८ वर्षमा मुलुकको अवस्था विग्रदो अवस्थामा रहेको छ । दलहरु सत्ताका लागि झगडा गर्ने, आफ्नो र आफ्नो समूहको स्वार्थको लागि पािर्ट फुटाउने, सरकार गठन र विगठनका खेलहरु दुई दुई वर्षमा गरिरहने, आफ्ना सेवा सुविधामा केन्द्रित भईरहदा जनताको अवस्थाको वारेमा खासै चासो नदिने, रेमिट्यान्सवाट मुलुक चलाउने सोच नेताहरुमा बिकसित हुने । मुलुकको क्षमतवान युवा शक्तिलाई नेपालमा रोक्ने खालको कुनै निती नल्याउने, परनिर्भरता र विदेशी ऋणमा मात्रै चल्ने जस्ता कामहरु भएकाले मुलुकको अवस्था दिनानुदिन जर्जर वन्दै गईरहेको कुरा जनताले निहालीरहेका थिए त्यसैको प्रतिउत्तर यो निर्वाचनमा जनताले ठूला र पुराना राजनितीक दलहरुलाई दिएका छन् । कतिपय पुराना राजनितीक दलहरुको त अस्तित्वनै शंकटमा परेको देखिएको छ । अव उनिहरुमा आमूल परिवर्तन हुनुको अर्को विकल्प देखिदैन । ठूला भनिएका दल र तिनका नेताहरुले ले अझैपनि दम्भ पालिरहनेर आफुहरुलाई नसच्याउने हो भने जनताले निहरुको विकल्प खोज्ने कुराको सुरुवात गरिसकेका छन् ।