पोखरा फागुन २,
फेस वुकमा फेक आईडि वनाई ठगि गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार फेसबुकम नेहा गुरुङ नाम गरेको फेक आईडी मार्फत फेसवुमा साथी बनाई विभिन्न कुराकानी तथा प्रलोभन देखाई डिपेन्डेन्ट भिषामा युके लैजान्छु भनी रु६,०१,९५५।( छ लाख एक हजार नौ सय पच्पन्न ठगी गरेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालय कास्कीमा आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीलेअनुसन्धान गर्दै जाँदा यही माघ ३० गते काभ्रेपलान्चोक जिल्ला चौडी देउराली गापा वडा नं ७ स्थायी घर भई हाल काठमाण्डौ, जिल्ला कामनपा सोह्रखुट्टे बस्ने वर्ष १९ कोमनिष भुजेल र काभ्रेपलान्चोक जिल्ला भुम्लु गापा वडा नं ४ बस्ने वर्ष २१ कोनिशान पहारीलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट ठगी आपराधिक विश्वास घात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा दिन सात म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका नि सूचना अधिकारी अविनाश दिप जिसीले वताए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।