पोखरा आषाढ २७,
पोखरा महानगरपालिका वडानं २७ स्थित दिपाङ्ग तालमा रातभरिको झरीका कारण पानीको सतह बढेपछि डुवानमा फसेका एकै परिवारका ४ जनालाई सशस्त्र प्रहरी बल नं.२४ कालिका गण हेडक्वार्टस् कास्कीबाट खटिएको बिषेश विपद् उद्धार टोलिले सकुशल उद्धार गरेको छ ।
स्थानिय सत्यराज ढकालको घरमा भाडामा बस्ने एकै घरका ५४ वर्षका राम बहादुर अधिकारी, उनकी श्रीमती ३९ वर्षकी कि सृजना अधिकारी, ६ वर्षका आयुष अधिकारी र ४ वर्षकी आयुष्का अधिकारीलाई डुब्न लागेको अवस्थामा स्थानीयहरुको सूचनाका आधारमा २६ गते विहान ८ बजे उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए ।
त्यसै गरि सोही दिन विहान ४ बजे कास्की जिल्ला पोखरा– २७ सहेलापाटा निवासी वर्ष ५१ का मन बहादुर थापाको ब्लकले बनेको जस्ताले छाएको १ तले कच्ची घर देखी अं.२० मिटर माथिबाट पहिरो खसी घर कोठा पुरिन जादा ५० वर्षकी कमला थापालाई डाडाकोनाक प्रहरी र स्थानियले सकुसल उद्धार गरेका थिए । सोही पहिरोमा परि पुरिएका उनका छोरा २२ वर्षिय छोरा भिम बहादुर थापाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल कालिका गण, नेपाली सेना कृष्णदल गण र नेपाल प्रहरीको संयुक्त टोलीले विहान करिव ७ बजे मृत अवस्थामा उनको शव निकालेको गणपति शर्माले जानकारी दिए ।