पोखरा, चैत्र २७,
बहु प्रतिक्षीत तालचोक–बेगनास सडक–खण्डको शिलान्यास भएको छ । विश्व बैङ्कको सहयोगमा स्तरोन्नति गर्न लागिएको उक्त सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक कार्यक्रमका बिच आज शिलान्यास गरेका छन् ।
विश्व बैकको .१ अरब ४९ करोड १५ लाखको लागतमा निर्माण हुन लागेको उक्त सडक ३.२८ कि.मी लम्बाइको हुनेछ । यो सडक हरियाली, फुटपाथ, साइकल ट्र¥याक र डिभाइडर सहित चार लेनको हुने वताईएको छ । खण्डमा ५ वटा पुलहरू निर्माण गरिनेछन् । सडकको बिचमा १.५ मिटर चौडाइको डिभाइडर, दुवै छेउमा २.५ मिटर चौडाइको पार्किङ, दुवै छेउमा १ मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नाली माथि २ मिटर चौडाइ फुटपाथ र सडकमा ४ सेमी मोटाइको अस्फाल्ट पिच गरिने संझौतामा उल्लेख छ । सडक सिलन्यासका अवसरमा मन्तव्य ब्यक्त गर्दै प्रमुख आचार्यले सडक तोकिएको समय भित्र सम्पन्न गर्न निर्माण कम्पनीलाईे निर्देशन दिएका छन् । तोकिएको समय भित्र निर्माण सम्पन्न गरेमा कन्ट्याक्टर र कन्सल्टेन्ट दुवैलाई सार्वजनिक अभिनन्दन गर्ने प्रमुख आचार्यले वताए । दुई वर्ष भित्र अर्थात आगामी २०८१ साल चैत्र २६ गते यो सडकको उद्घाटन गर्ने भन्दै प्रमुख आर्चायले तोकिएको समयमा लक्ष्य अनुसारको काम गर्न निर्देशन दिदै आचार्यले यसमा कुनै वाहाना बाजी नचल्ने प्रस्ट पारे । कन्ट्याक्टर र कन्सल्टेन्ट कसैलाई कुनै प्रकारको मोलाहिजा नहुने भन्दै पैसाका कारण काम नरोकिने भन्दै गुणस्तरीयतामा ध्यान दिन आग्रह गरे ।

सो अवसरमा निर्माण व्यवसायी नारायण भुसालले तोकिए कै समयमा आफूले पाएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरे । सडक निर्माणका क्रममा स्थानिय वासीहरुको सहयोग अपरिहार्य रहेको भूषालले वताए । परियोजनाका परामर्शदाता लक्ष्मण आचार्यले वैशाखको पहिलो साताबाट सडक स्तरोन्नतिको काम थालिने बताउँदैे निर्माणको क्रममा कुनै समस्याहरू आए साझा रूपमा समाधान गरिनु पर्ने वताए । पोखरा महानगरपालिका वडा नं.२७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङले सडकको स्तरोन्नति सँगै व्यवस्थित बसपार्क समेत निर्माणमा जोड दिएका थिए । उक्त सडक निर्माणको ठेक्का स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी, काठमाडौँले पाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।