पोखरा महानगरपालिकाले सृजनाचोक स्थित आफ्नो स्वामित्वमा रहेको भवनको भूमिगत पार्किङ खाली गरी पार्किङ प्रयोगका लागि खुला गरेको छ । महानगरमा निर्माण गरिएका भूमिगत पार्किङ सहितका कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेका बेला महानगरले भने आफ्नो भवनमा पार्किङ खुला गरेको हो ।
यसअघि भदौ १३ गते महानगरले पोखरामा रहेका भूमिगत पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन मै प्रयोग गर्न ३५ दिने सूचना जारी गरेको थियो । महानगरले सो अगावै आफ्नो भूमिगत पार्किङ खाली गरी यस कार्यको शुभारम्भ गरेको प्रमुख धनराजआचार्यले वताए ।
महानगरले आफ्नो भवनवाट भूमिगत पार्किङको सूरुवात मात्रै गरेको वताउदै पोखरामा जति पनि भूमिगत पार्किङ सहित निर्माण गरिएका घरहरू छन् घर धनीहरूले यसलाई खाली गरेर पार्किङ कै लागीप्रयोग गर्नका लागि सो अवसरमा प्रमुख आचार्यले आग्रह गरेका थिए । पोखरामा रहेका भूमिगत पार्किङहरूमा पार्किङ साङ्केतिक रूपमा सुरु भयो भन्ने सन्देश महानगरले दिएको प्रमुख आचार्यले वताए । बेसमेन्ट पार्किङ सहितको भवन निर्माणका लागि अनुमति लिई निर्माण गरिएका हरेक भवनहरूमा यसको कार्यान्वयन अनिवार्य हुने प्रमुखआचार्यले वताए । पोखरामा बढ्दो पार्किङको असुविधालाई मध्यनजर गरी आफूहरूले प्रयोजन विपरीत प्रयोग भइरहेका ती पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन कै लागिउ पयोग गर्न आग्रहगरिएको प्रमुख आचार्यले वताए ।
सूचनाको म्यादगुज्रिए पछि पनि अटेर गर्नेहरूलाई नियमानुसार कारबाही गरिने सो अवसरमा आचार्यले वताएका थिए । पोखरा महानगरपालिका भित्र २५० बढी भवनमा भूमिगत पार्किङ सहितका रहेका छन् ।