पोखरा , फागुन १५,
पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा रहेको बालोदय माध्यमिक विद्यालयको ३६ औंवार्षिकोत्सव तथा अभिभावक दिवस हालै सम्पन्न भएको छ । दुई दिन सम्म सञ्चालन भएको वार्षिक उत्सव कार्यक्रमको उद्धघाटन राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक लक्ष्मण देवकोटाले गरेका थिए । त्यसै गरि समापन गण्डकी विश्वविद्यालयका कुलपतिप्रा.डा. गणेशमान गुरुङले गरेका थिए । उद्धघाटनका अवसरमा अवसरमा मन्तव्य ब्यक्त गर्दै देवकोटाले गुणस्तरीय तथा समय सापेक्ष शिक्षामा जोड दि“दै पोखराको शैक्षिक क्षेत्रमा बालोदय माविले खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गरेका थिए । समापन समारोहमा मन्तव्य ब्यक्त गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले शिक्षाको महत्व दिनप्रति दिन बढ्दै गइरहेको वताउदै बिद्यालयले व्यवसायीक तथा अहिलेको वजारको माग अनुसारको जनशक्ति उत्पादन गर्न तर्फ ध्यान दिनुपर्ने वताए । संस्कृति र परम्परागत सीप जगेर्ना गर्ने क्रियाकलाप सञ्चालन गरेकोमा विद्यालयको प्रशंसा गर्दै आगामीदिनमा पनि यस्ता गतिविधिलाई निरन्तरतादिन गुरुङले सुझाव दिए । कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक दुर्गादत्त पंगेनीले शिक्षाजस्तो महत्वपूर्ण क्षेत्रमालगानी गर्दा आत्म सन्तुष्टि हुने गरकोे अनुभव सुनाउदै अब विद्यार्थीहरुलाई किताव मात्रै नभई जीवन पढाउनुपर्ने अवस्था आएको वताए । कार्यक्रममा शिक्षा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, हिसानका केन्द्रीयउपाध्यक्ष बाबुराम पन्त, हिसान कास्कीका अध्यक्ष याम बहादुर रोका, प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, वडानं १७ का वडा सदस्य विक्रम गुरुङ, विद्यालयका प्राचार्य टेकनाथपौडेल,अभिभावकद्वय विष्णुप्रसाद शर्मा र सञ्जीव सुवेदी लगायतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले सामूहिक नृत्य, लोकनृत्य, सचतेनामूलक नाटक, परम्परागत रत्यौली, भजन, कराते सिप प्रदर्शन,एबाकस सीप प्रदर्शन एवम ्बालगीत लगायतका प्रस्तुति राखेका थिए । सो कार्यक्रममाविद्यार्थीहरुले तयार पारेका विभिन्न विषयसंग सम्बन्धित सामग्रीहरु तथा चित्रकलाहरुको प्रदर्शनी समेत गरिएको थियो ।
कार्यक्रममा अवसरमा गतवर्ष र यस वर्ष विद्यालय बाहिरका प्रतियोगितामा सहभागी भई पुरस्कार जित्न सफल विद्यार्थीहरुलाई उत्कृष्ट विद्यार्थी पुरस्कारले सम्मान गरिनुका साथै विद्यालयमा १० वर्ष वा सो भन्दा बढी सेवागरेका ८ जना शिक्षकहरूलाई सम्मान गरिएको थियो सो अवसरमा विद्यालयका संस्थापक प्रबन्ध निर्देशक दुर्गादत्त पगेनी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष्ँ कमला देवी पगेनीलाई समेत सम्मान गरिएको थियो । विद्यालयव्य वस्थापन समितिका अध्यक्ष कमला देवी पंगेनीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहप्राचार्य रामप्रसाद तिवारी, व्यवस्थापक, गुप्तबहादुर क्षेत्री, आइसिटी इन्चार्ज रघु ज्ञवाली, नेपाली विभाग प्रमुख टंकप्रसाद पौडेल तथा शिक्षक शर्मिला केसीले गरेका थिए । कक्षा १ देखि १२ सम्म अध्यापन हुने बालोदय मा. वि. मा हाल कुल १ हजार ३ सय ५१ विद्यार्थी अध्ययनरत तथा १ सय ७ शिक्षक एवं कर्मचारी कार्यरत रहेको विद्यालयले जनाएको छ ।