पोखरा
दुर्लुङ समाजपोखराले धार्मिक तथा पर्यटीय केन्द्र विन्ध्यावासिनीमन्दिर परिसरमा सरसफाई गरेको छ ।
पर्वत साविक दुर्लुङ स्थायी घर भई पोखरामा बसोबास गर्नेहरुद्धारा गठन गरेको दुर्लुङ समाज पोखराले आप्mनो प्रथम स्थापना दिवसको अवसर पारेर मंगलबार मन्दिर परिषरमा सरसफाई गरेको दुर्लुङ समाज पोखराका अध्यक्ष बाबुराम शर्माले वताए । सो अवसरमा
विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितकिा अध्यक्ष गणेश बहादुर श्रेष्ठले भक्तजनहरुको सहयोग तथा सदभावले मन्दिरको सर्वाङगिण विकासमा सहयोग पुगेको बताए । समाजले आयोजना गरेको सरसफाई कार्यक्रमल ेसकरात्मक सन्देश प्रवाह गरेको भन्दै समाजको स्थापना दिवसको अवसरमा श्रेष्ठले शुभकामना समेत ब्यक्त गरे । श्रेष्ठले मन्दिरले विन्ध्यावासिनी संस्कृत पाठसाला सञ्चालन गरेको सुनाउँदै भविष्यमा आयुर्वेदिक अस्पताल सञ्चालनको योजना रहेको बताए ।
दुर्लुङ समाज पोखराका अध्यक्षबाबुराम शर्माले समाजको प्रथम स्थापना दिवसको अवसरमा माता विन्ध्यावासिनी मन्दिर परिसरमा सरसफाई गर्न पाउनु खुशिको विषय भएको वताए । सामाजिक संघसंस्थाहरु समिाजिक धामिर्क, ऐतिहासिक तथा पर्यटकिय क्षेत्रहरुको संरक्षण, सम्वद्र्धन र विकासमा लाग्नुपर्ने धारणा शर्माले राखेका थिए । समाजले हालै मात्रदुर्लुङ लाई एम्वुलेन्स अभियान सञ्चालन गरेको भन्दै अभियानमा सहभागीहुन आम सहयोगी महानुभावहरुमा अनुरोध समेत गरेका छन ।
सरसफाई कार्यक्रममा समाजका सल्लाहकार तथा समाजसेवी उदिमबहादुर गुरुङ, समाजका प्रथम उपाध्यक्ष क्याप्टेन कुलबहादुर गुरुङ, द्धित्तिय उपाध्यक्ष टेक बहादुर वि.क, सचिव ईश्वरी पौडल, सह सचिव शिब प्रसादपौडेल ( वुद्धि ) लगयत कार्य समिति सदस्य तथा अन्य सदस्यहरुको सहभागित रहेको थियो ।