पोखरा वैशाख २१,
पोखरा उद्योग वाणिज्य संघले बैंकको चर्को ब्याजदर,आर्थिक मन्दीका कारण व्यवसायीहरु पलायन भएको भन्दै चिन्ता ब्यक्त गरेको छ । साथै संघले सरकारसँग अहिले देखिएको यो समस्या समाधान प्रति गम्भीर हुन र समयमै उचित कदम चाल्न माग गरेको छ । पोखरामा पछिल्लो समय एक पछि अर्को व्यवसायी पलायन र यसले निम्त्याएको बहु आयामिक समस्या प्रति पोखरा उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको पोखरा उद्योगण वाणिज्य संघका महासचिव वलराम आचार्यले जारी गरेको विज्ञप्तीमा जनाईएको छ । पोखराका मुख्य बजार क्षेत्रबाट व्यवसायीहरु पलायन हुँदा सटर÷ कवलहरु खाली भएका छन् । सटर र घर भाडामा छन् भन्ने सूचनाहरु यत्र तत्र देखिएका छन् । पलायनको कारण रहर हैन बाध्यता हो । बैंकको चर्को ब्याजदर,आर्थिक मन्दीका कारण व्यवसायमा आएको सिथिलता पलायनको प्रमुख कारण हो भन्ने पोखरा उद्योग वाणिज्य संघको ठ्म्याइ रहेको विज्ञप्तीमा जनाईएको छ । पोखरा उद्योगण वाणिज्य संघ सरकारसँग अहिले देखिएको यो समस्या समाधान प्रति गम्भीर हुन र समयमै उचित कदम चाल्न जोडदार माग गर्दछ अन्यथा राजश्वको स्रोत गुम्दा चालु खर्च धान्न पनि वैदेशिक ऋण लिने दिन टाढा नरहेको पनि हामी स्मरण गराउंछौं विज्ञप्तीमा उल्लेख छ ।
पोखरा उद्योग वाणिज्य संघले यो संकटको बेला धैर्य नगुमाउन व्यवसायीहरुलाई पनि अपिल गरेको छ । व्यवसायीहरु पलाउन हुनुमा वैक तथा वित्तिय संस्थाहरुले गरेको धरपकड तथा मानसिकतनाव पनि कारक रहेको संघले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले सुरु गरेको धरपकडसँग जुध्न र विस्वास आर्जन गर्नेतर्फ व्यवसायीहरुलाई अनुरोध समेत संघले गरेको छ । महासचिव आचार्यले विज्ञप्तीमा बैंक तथा वित्तीय संस्थाहरुले सुरु गरेको धरपकडसँग जुध्न र विस्वास आर्जन गर्नेतर्फ लाग्नु व्यवसायी स्वयंको दायित्व हो भन्नेमा पनि हामी प्रष्ट छौं भन्दै समस्याको गाम्भीर्यता बुझ्न अनुरोध गरिएको छ । वर्तामानमा देखिएका समस्याको समाधानको लागि संघले नेपाल घरभाडा सरोकार समितिसँग परामर्श गरेको र त्यस क्रममा निस्केका केही सुझावहरु कार्यान्वयनका लागि सरोकारवालासँग पनि अनुरोध गर्ने वित्रप्तीमा जनाएको छ । माहुरीलाई पोलेपछि अर्को पटक मह प्राप्त हुँदैन । माहुरीलाई पालेर मह लिने हो । तसर्थ संकटको यो बेला साबिकको घर भाडामा सम्भव भए सम्म छुट दिन,स्थिति सहज नहुँदासम्म बहाल नबढाउने सुनिश्चितता गर्न संघले घरधनीहरुसंग पनि अनुरोध गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।