पोखरा, पौष ११,
आज नेप्से परिसूचक वढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज हप्ताको कारोवारको दोस्रो दिन नेप्से ५६ दशमलव ८८ प्रतिशतले वढेको छ । नेप्से आज १९२४.९ पुगेको छ । कारोवार रकम पनि आज उल्लेख्य वढेको छ । बिगतका दिनहरुमा ५० करोडको हाराहारीमा कारोवार हुने गरेको भएपनि आज २ अर्व ९ करोड, ७० लाख ४९ हजार ९४१ रुपयाँ वरावरको कारोवार भएको छ । आज गोर्खा फाईनान्सको कारोवारमा सकारात्मक सर्किट लागेको छ भने नेपाल टेलिकमको कारोवार ५.५६ प्रतिशतले घटेको छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहालले सपथ ग्रहण गर्ने र सानो आकारको मन्त्री मण्डल वनाउने भएकाले घितो पत्र वजारमा अर्थ मन्त्री को वन्दै छ भन्ने चर्चाले निक्कै ठाँउ पाएको थियो नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उप प्रधानमन्त्री तथा अर्थ मन्त्री वन्ने चर्चाले सुरु देखिनै वढिरहेको वजार केही वेर तल ओर्लेको थियो । कारोवारको अन्तिम समयमा भने वजार तिव्र गतिमा वढ्दै ५६. ८८ प्रतिशतले वढेको थियो । नेकपा एमालेका नेता पैडेल अर्थ मन्त्री हुँदाको समयमा शेयर वजार ३२०० को हाराहारीमा पुगेको थियो । पौडेलले अर्थमन्त्रालय समालेपछि शेयर वजार वढ्ने मनोविज्ञानका साथ आज धितोपत्र वजारमा खरिद चाप वढेको छ ।