पोखरा पौष ९,
पोखरा महानगरपालिका वडा नं १५ को आयोजना तथा आई एन.एफ नेपालको सहकार्यमा १ दिने निःशुल्क स्वास्थ्य शिविर शुक्रवार सम्पन्न भएको छ । शिविरमा २६६ जनाले सेवा लिएको वडाअध्यक्ष तोरण बहादुर वानीयाले जानकारी दिए ।
अस्पतालको पहुँचबाट टाढा रहेका अति विपन्न तथा गरिब व्यक्तिहरूलाई मध्यनजर गर्दै आयोजना गरिएको स्वास्थ्य शिविरमा शिविरमा हाड जोर्नी तथा नशा, छाला र अन्य जनरल रोगका बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिएको थियो । चेक जाँच पश्चात विरामीहरुलाई औषधि पनि वितरण गरिएको थियो । चिकित्सकहरू सन्दीप बराल, प्रकाश कार्की र सुरक्षा बरालले बिरामीको चेक जाँच गरेका थिए । शिविरमा वालवालिका देखि ९० वर्ष सम्मका महिला पुरुषहरूले सेवा लिएको वताईएको छ ।
शिविरको समापन गर्दै वडा नं १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले शिविरमा खटिएका चिकित्सक लगायतको टोली प्रति आभार प्रकट गरे । बानियाँले वडाका नागरिकको स्वास्थ्यप्रति सचेत र गम्भीर रहेको भन्दै यस कार्यलाई अझ सशक्त ढङ्गले अगाडि बढाउने वताए ।
कार्यक्रममा आई एन.एफ नेपालका दिवस कुँवरले वडामा रहेर आफ्ना सेवा नागरिकमा प्रवाह गर्न पाएकोमा खुसी ब्यक्त गर्दै कोभिडको समयमा पनि विभिन्न थरिका सामानहरू वितरण गरेको स्मरण गर्दै सहयोगलाई निरन्तरता दिन इच्छुक रहेको बताए ।
सो अवसरमा वडा सदस्य आशिष भण्डारी, नेपाल रेक्रस सोसार्ईटीका पूर्व केन्द्रीय सदस्य तथा वडा नं १५ का समाजसेवी महेश गुरुङले लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
शिविरमा स्वास्थ्यको चेकजाँच गरेका वन विज्ञान अध्यन संस्थान पोखरामा अध्ययनरत दीपेन्द्र साउद ,केही महिना अघिदेखि घुँडा दुखे पनि आर्थिक अभावका कारण औषधोपचार गर्न नसकेकी पोखरा गैरी गाउँकी ६६ वर्षीया लक्ष्मी परियार , नयाँ गाउँ नागबेली टोलका वृद्ध कमल प्रसाद सुवेदीले लगायतले डाक्टरले चेक जाँच गरेर औषधी दिएकोमा खुसी ब्यक्त गर्दै यस्ता कार्यक्रमवाट सबैलाई फाइदा पुगेको वताए ।
शिविरमा वडा सदस्य बलराम पौडेल र सेतीमाया गुरुङ, स्वास्थ्य उप केन्द्रका कृष्ण वास्तोला, सचिव विष्णु प्रसाद लामिछाने, लगायतले उपचार गर्न आएका वृद्ध वृद्धाहरूका लागि व्यवस्थापन र सहजीकरण गरेका थिए । आई एन.एफ नेपालको एक दर्जन टोली शिविरमा खटिएको वडा अध्यक्ष वानियाले वताए ।