पोखरा जेष्ठ ३,
नेकपा एस निक एकिकृत ट्रेड युनियन महासंघ संग आवद्ध निर्माण तथा वन श्रमिक युनियन नेपाल गण्डकी प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रम पोखरामा शनिवार सम्पन्न भएको छ । भेलाको उद्धघाटन एकिकृत ट्रेड युनियन महासंघ ( आइसिटियु ) गण्डकीका अध्यक्ष तिल वहादुर विश्वकर्मा (तिलक) ले गरेका थिए । सो अवसरमा मन्तव्य व्यक्त गर्दै विकले मजदूरहरुको हक हितको पक्षमा आवाज वुलन्द गर्ने आइसिटियु नै भएको वताउदै आइसिटियुमा गोलवन्द हुन श्रमिकहरुलाई आव्हान गरे । सो अवसरमा निर्माण तथा वन श्रमिक युनियनका केन्द्रिय महासचिव ढालसिंङ वेपत्ता मगर, नेकपा एकिकृत समाजवादी पोखरा महानगर कमिटीका अध्यक्ष प्रेम थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । निर्माण तथा वन श्रमिक युनियन नेपाल गण्डकी प्रदेशका ईञ्चार्ज खरिलाल वस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन आईसिटियु गण्डकीका उपाध्यक्ष हरिराम धिताल र स्वागत सहसचिव सुर्यप्रसाद उपाध्यायले गरेका थिए ।
यसै विच भेलाले सुर्य प्रसाद उपाध्यायको संयोजकत्वमा निर्माण तथा वन श्रमिक युनियन गण्डकी प्रदेश समिति गठन गरेको छ । समितिको सदस्यहरुमा धु्व प्रसाद छत्कुली, सिगेश्वर पंडित,कल्पना परियार र शेखर खरेल रहेका छन् ।