पोखरा,
निर्वाचन आचार संहिता पूर्ण रुपमा पालना गर्न निर्वाचन कार्यालय गण्डकीले सम्वद्ध सवैमा अनुरोध गरेको छ । प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हुमनाथ पराजुलीले कार्तिक २१ गते एक विज्ञप्ती जारी गर्दै यस्तो आव्हान गरेका हुन् पराजुलीले बिज्ञप्तीमा निर्वाचन आयोगले असोज १२ गते देखि निर्वाचन आचार संहिता लागु गरिसकेको र आचार संहिता कार्यान्वयन भए नभएको बिभिन्न संयन्त्र मार्फत सुक्ष्म र गहन अध्ययन गरिरहेको हुनाले राजनितीक दल तथा उमेद्धवारहरुलाई आचारसंहिता पालना गर्न भनिएको छ । अनुगमनको क्रममा आचारसंहिता उल्लङघन भएको पाईएमा निर्वाचन आयोग ऐन २०७३, (कसुर तथा सजाय ऐन ) २०७३ र प्रचलित निर्वाचन कानून बमोजिम कारवाही हुने जानकारी समेत बिज्ञप्ती मार्फत गराईएको छ ।
आचारसंहिता अनुसार स्थानीय प्रशासनको अनुमति नलिई जुलुस, कोण सभा आम सभा वा भेला गर्न नपाईने,प्रचार प्रसारमा कुनै पनि राजनितीक दल तथा उमेद्धवारको चुनाव चिन्ह अंकीत टि सर्ट, टोपि, गम्छा, भेष्ट, माक्स लगायतका प्रचार सामग्री प्रयोग गर्न नपाईने, कुनै पनि समाजकि संघ संस्था तथा ब्यक्तिलार्ई आर्थिक सहायता, चन्दा वा बुथ खर्च दिन नपाईने र घोषणा समेत गर्न नपाईने, कोण सभा, जुलुस तथा आम सभा र चुनाव प्रचार प्रसार विहान ७ वजे देखि साँझ ७ वजे सम्म मात्र गर्न पाईने, चुनावमा वालवालिकाको प्रयोग गर्न नपाईने,निर्वाचन प्रयोजनको लागि ७५ ग्रम सम्मको काजगमा ३०० वर्ग ईञ्च सम्म आकार भएको एउटै रंगमा छपाई भएको र मुद्रकको नाम समेत भएको पर्चा मात्र प्रयोग गर्न पाईने, उमेद्धवार वा दलको कार्यालयमा ३ वाई ४ इञ्च को दलको झण्डा र सोही साईजको चुनाव चिन्ह वाहेक दलको प्रचार गर्ने हिसावले अन्य साईन वोर्ड फ्रलेस वोर्ड, डिजीटल वोर्ड लगायतका प्रचार सामग्री तथा श्रव्य दृष्य सामागी राख्न नपाईने , चुनाव प्रचार प्रसारका क्रममा वढिमा १० वटा राष्ट्रिय झण्डा मात्रै प्रयोग गर्न पाईने निर्वाचन कार्यालय गण्डकीका निर्वाचन अधिकारी पराजुलीद्धारा जारी बिज्ञप्तीमा जनाईएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।