पोखरा मंसीर, १७,
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि माध ११ गते रिक्त राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मिति तोकेपछि आयोगले कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन आयोगका अनुसार मंसीर २४ गते देखि २९ गते सम्म गते निर्वाचनमा भाग लिने राजनितीक दल दर्ताको समय तोकेको छ । यसै गरि पौष १ गते दलहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने, पौष ४ गते स्वीकृत दलहरुको नामावली राजपत्रमा प्रकाशन गर्न पठाईने, पौष १६ गते निर्वाचन अधिकृतको नियुक्ति गर्ने र ७ वटै प्रदेशमा सोही दिन निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्वाचन आयोगले जनाएको छ । पौष २० गते देखि २८ गते सम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गर्नेे आयोगले जनाएको छ ।
स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पौष २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ । प्रकाशित मतदाता नामावली उपर दाबी विरोध लगायतका कार्यहरु सोही दिनबाट प्रारम्भ भै पुष २२ गते सम्पन्न हुनेछन् र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगले जनाएको छ । मतदाता नामावली आयोगको वेबसाईट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुनेछ ।
पौष २३ गते उम्मेदवारको मनोनयन दर्ता विहान १०ः०० बजेदेखि अपरान्ह १५ः०० बजेसम्म हुनेछ । मनोनयन दर्ता पश्चात उम्मेदवारको विरोधमा उजूरी दिने कार्य पुष २४ गते ,मनोनयन पत्र र उजूरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुष २६ गते प्रकाशन हुनेछ । उम्मेदवारले नाम फिर्ता लिने कार्य पुष २७ गते सम्पन्न भए पश्चात उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य सोही दिन २ हुनेछ । उम्मेदवारलाई निर्वाचन चिन्ह पुष २८ गते १०ः०० बजेदेखि १३ः०० बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्धारा जारी विज्ञप्तीमा जनाईएको छ । र माघ ११ गते ९ वजे देखि ३ वजे सम्म मतदानको कार्यक्रम हुनेछ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने निर्वाचन आयोगले जनाएको छ ।