पोखरा, श्रावण १०,
२०७९ साल मंसीर ४ गते सम्पन्न प्रनिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा उमेद्धवार वनेका तर निर्वाचन कानून अनुसार आफु उमेद्धवार हुँदाको निर्वाचन खर्च हाल सम्म पनि नवुझाएका उमेद्धवारहरुलाई निर्वाचन आयोगले कानून अनुसारको जरिवाना तोकेको छ । प्रतिनिधि सभा तर्फका २ हजार ३ सय ७४ जना र प्रदेश सभा तर्फका ३ हजार १ सय ८८ जना उमेद्धवारहरुले खर्च विवरण नवुझाएकोमा निर्वाचन कसुर तथा सजाय ऐन २०७४को दफा ३१ को उपदफा २ वमोजिम २०८० साल वैशाख ६ गते देखि वैशाख १२ गते सम्म आफु उमेद्धवार वनेको प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा खर्चको विवरण पेस गर्न निर्देशन दिईएकोमा प्रतिनिधि सभाका १३३७ र प्रदेश सभा तर्फका १७९३ जनाले खर्च विवरण पेस गरेको र प्रतिनिधि सभा तर्फका १ हजार ३७ र प्रदेश सभा तर्फका १ हजार ३ सय ९८ जना गरि दुर्ई हजार ४ सय ३५ जनाले तोकिएको समयावधि भित्र खर्च विवरण नवुझाएको हुँदा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३१ को उपदफा ४ वमोजिम जनही १५ हजारका दरले जरिवाना गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्धारा जारी विज्ञप्तीमा जनाईएको छ । जरिवाना तोकिएका उमेद्धवारहरुले ३५ दिन भित्र राजश्व दाखिला गरि सोको भौचर निर्वाचन आयोग वा सम्वन्धित निर्वाचन कार्यालयमा वुझाउनुपर्ने तथा निर्वाचन खर्चको विवरण ७ दिन भित्र सार्वजनिक गरि सोको जानकारी ७ दिन भित्र निर्वाचन कार्यालयमा बुझाउन निर्देशन दिईएको निर्वाचन आयोगले जजनाएको छ । यसरी प्रदान गरिएको समय भित्र पनि नवुझाउने उमेद्धवारहरुलाई तत्कालै हने निर्वाचनमा एकपटकका लागि उमेद्धवार वन्न नपाउने गरि रोक लगाउने र जरिवाना वापतको रकम सरकारी वाँकी सरह असरल उपर गर्न केन्द्रिय तहसिल कार्यालयमा लेखि पठाउने निर्णय भएको प्रवक्ता शर्मा पौडेलदारा जारी विज्ञप्तीमा जनाईएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।