पोखरा, भाद्र २८,
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादीले नेताहरुको कार्यविभाजनमा व्यापक हेरफेर गरेको छ । सो पार्टिको भदौ ५ गते देखि ७ गते सम्म वसेको केन्द्रिय कमिटीको छैठौ वैठकको निर्णय अनुसार केन्द्रिय समितिमा मनोनयन, केन्द्रिय परिषद तथा आयोग र विभागहरुमा मनोनयन तथा नेताहरुको कार्य बिभाजन हेरफेर गरेको सो पार्टिका अध्यक्ष माधव कुमार नेपालद्धारा जारी अन्तरपार्टि निर्देशनमा जनाईएको छ । अध्यक्ष नेपालद्धारा जारी अन्तरपार्टि निर्देशनमा पछिल्लो कार्यविभाजन अनुसार अध्यक्ष नेपालले समग्र पार्टी कामको नेतृत्व गर्ने उल्लेख छ भने महासचिव घनश्याम भुसालले समग्र सांगठनिक कामको अनुगमन र मोर्चा संगठनका कामको विशेष अनुगमन गर्ने उल्लेख छ । त्यसबाहेक सम्मानित नेता झलनाथ खनाल विदेश विभाग प्रमुख छन् भने उपप्रमुखमा उपाध्यक्ष प्रमेश हमालले जिम्मेवारी पाएका छन् । त्यस्तै प्रतिष्ठानहरुको इन्चार्जको जिम्मेवारी प्रदीप नेपालले पाएका छन् । हरि पराजूलीलाई सचिवमा मनोनित गरिएको छ । २१ जनालाई केन्द्रिय समितिमा मनोनयन गरिएको छ । केन्द्रिय सदस्यमा मनोनित हुनेहरुमा अजयबहादुर मल्ल (बाजुरा), ओमचरण अमात्य (भक्तपुर), गौतम राई (काठमाडौं), गोविन्द चेपाङ (मकवानपुर), चन्द्रा श्रेष्ठ (झापा), चिरञ्जीवी भट्टराई (सुनसरी), जयप्रकाश यादव (बारा) र दीपक केसी (काठमाडौं) रहेका छन्
यस्तै धनबहादुर कार्की (रामेछाप), धर्म शाही (मुगु), नन्द बञ्जाडे (काठमाडौं), बरुनाथ योगी (दैलेख), बैकुण्ठ भुसाल (पर्वत), भक्तिमान सुब्बा (पाँचथर), मीना लामा (मकवानपुर), रामप्रसाद ढुंगाना (काठमाडौं), लंक हमाल (कपिलवस्तु), शालिकराम भट्टराई (नवलपरासी पूर्व), शिवकुमारी खनाल (काठमाडौं), शैलेन्द्र उपाध्याय (रुपन्देही) र सुदेश पराजुली (काठमाडौं) छन् । त्यसै गरि प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष लगायत पदाधिकारीहरुको जिम्मेवारी तोकिएको छ । केन्द्रिय सदस्यहरुलाई पनि संसदीय क्षेत्रिय समितीको ईञ्चार्ज वनार्ईएको छ । अनेरास्वीयूवाट विदा लिएका सुदेश पराजूलीलार्ई केन्द्रिय सदस्यमा मनोनित गरिएको छ । त्यसै गरि गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङलाई केन्द्रिय परिषद सदस्यमा मनोनित गरिएको छ ।
वैठकले ७ वटै प्रदेशका ईञ्चार्ज सह ईञ्चार्ज अध्यक्ष लगायत पदाधिकारीहरुको जिम्वेवारी तोकेको अपानीमा जनाईएको छ । जस अनुसार कोशीको इन्चार्ज उपाध्यक्ष घनेन्द्र बस्नेत भएका छन् भने सहइन्चार्ज राजेन्द्र राई, देउमान सम्बाहाम्फे भएका छन् । त्यसैगरी मधेस प्रदेशको इन्चार्जमा केन्द्रीय उपाध्यक्ष धर्मनाथप्रसाद साह, र सह ईञ्चार्जमा स्थायी कमिटी सदस्य रामप्रित पासवान, रत्नेश्वर गोइत र कल्याणी खड्का रहेका छन् । वाग्मती प्रदेशको ईञ्चार्जमा उप महासचिव डा. ग.गालाल तुलाधर र सह इञ्चार्जमा स्थायी कमिटी सदस्य ललित वस्नेत रहेका छन् । अध्यक्षमा सावित्रा भूषाललाई जिम्वेवारी दिईएको छ लुम्बिनीको इन्चार्जमा केन्द्रीय कमिटी सचिव हरि पराजुली मनोनित भएका छन् भने सहइन्चार्जमा पोलिटव्युरो सदस्य निर्मल सुवेदीले जिम्मेवारी पाएका छन् । लुम्बिनीको अध्यक्षमा सोमप्रसाद पाण्डे भएका छन् ।
कर्णालीको इन्चार्ज उपमहासचिव प्रकाश ज्वाला र सह ईञ्चार्जमा पोलिटव्युरो सदस्य चन्द्रबहादुर शही, शेरवहादुर केसी र हंसबहादुर शाही बनेका छन् । कर्णाली प्रदेशको अध्यक्ष अम्मबरबहादुर थापा चयन भएका छन् । त्यसैगरी सुदूरपश्चिमको इन्चार्ज केन्द्रीय कमिटी सचिव गरिमा शाह र सहइन्चार्जमा रामकुमार ज्ञवाली, परमानन्द भट्ट, प्रेमबहादुर आले र हनुमान चौधरीले जिम्वेवारी पाएका छन् । त्यस्तै यो प्रदेशको अध्यक्ष केन्द्रीय कमिटी सदस्य हर्कबहादुर सिंह वनेका छन् ।
यता गण्डकी प्रदेशको ईञ्चाजको जिम्वेवारी स्थायी कमिटी सदस्य तुल वहादुर गुरुङले पाएका छन् । यस अघि ईञ्चार्ज रहेका पार्टिका उपाध्यक्ष केशवलाल श्रेष्ठलाई ईञ्चार्जवाट हटाईएको छ उनलाई स्थानिय तह विभागको ईञ्चार्ज वनाईएको छ । गण्डकीको सह ईञ्चार्जमा स्थायी कमिटी सदस्य शारदा प्रसाद सुवेदी र अध्यक्षमा अर्का स्थायी कमिटी सदस्य रामजी शमार्, उपाध्यक्षमा श्रीनाथ वराल र प्रेम नारायण पौडेल तथा सचिवमा प्रतापलाल श्रेष्ठ यथावत रहेका छन् । वराललाई अर्को व्यवस्था नभएसम्मका लागि का.वा. अध्यक्षको जिम्वेवारी दिईएको अपानीमा उल्लेख छ । कास्कीमा सहईञ्चार्जको जिम्वेवारीमा रहेका रत्ना गुरुङलाई क्षेत्र नं १, धनराज आचार्यलाई क्षेत्र नं २ र कृष्ण नेपालीलार्ई क्षेत्र नं ३ को ईञ्चार्जको समेत जिम्वेवारी दिईएको छ । केन्द्रिय परिषदमा मनोनत भएका राजिव गुरुङलाई मनाङ जिल्लाको सह ईञ्चार्जको जिम्वेवारी दिईएको सो पार्टिले जनाएको छ ।