पोखरा, कार्तिक १२,
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी कास्कीको आयोजनामा यस वर्षका नेपालीहरुका महान पर्वहरु विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठको अवसरमा आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । बिहान ८.०० वजे देखि पोखरा सभागृहको प्राङ्गणमा आयोजना गरिएको शुभकामना आदना प्रदान कार्यक्रममा नेकपा एकिकृत समाजवादीका विभिन्न तहका नेता कार्यकर्ता, नेपाली काँग्रेस, नेकपा एमाले ,नेकपा माओवादी केन्द्र लगायत अन्य राजनितीक पार्टिका प्रतिनिधि, कर्मचारी, शिक्षक, प्राध्यापक, चिकित्सक, कानून व्यवसायी, उद्योगी व्यवसायी, पत्रकार लगायत अन्य विभिन्न क्षेत्रसंग सम्वन्धित ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
शुभकामना आदना प्रदान कार्यक्रलाई संवोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं गण्डकी ईञ्चार्ज तुल वहादुर गुरुङले सवैमा शुभकामना ब्यक्त गर्दै नेपालमा सवै खाले आन्दोलनहरु सकिएको , समाजवाद उन्मुख संविधान पनि निर्माण भएको भएपनि जनताको संमृद्धिको दिशामा काम हुन नसकेको वताए । भ्रष्ट्राचार, अनियमितता तथा मुलुकमा देखिएका ब्यथितीहरुको अन्त्यका लागि सवै राजनितीक दलले एकतावद्ध भएर संकल्प गर्नुपर्ने वेला आएको गुरुङले वताए । त्यसो हुन सकेको खण्डमा केही वर्षमानै मुलुक संमृद्धिको दिशामा अगाडि वढ्ने गुरुङले आशा ब्यक्त गरे । कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र वहादुर थापाले सवै राजनितीक दलहरु विच एकताको खाँचो औल्याए । आज देशका जिम्वेवार राजनितीक दलहरु विभाजित वन्दा गण्डतन्त्र माथिनै प्रहार हुन थालेको भन्दै गणतन्त्र विरोधीहरुलाई परास्त गर्न र जनतामा आशाको किरण छर्न सवै राजनितीक दलहरु विच एकताको आवश्यकता रहेको मन्त्री थापाले वताए । कार्यक्रममा पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले नेपाली समाजमा नकारात्मकताले वढि घर गरेको वताउदै सकारात्मक सन्देश प्रवाह गर्न जरुरी भएको वताए । पछिल्लो समयमा देखिएको निराशाले गणतन्त्र र संघियता माथिनै आक्रमणको प्रसास भएको प्रमुख आचार्यले वताए । पोखराको बिकास निर्माणको सवालमा सवै राजनितीक दल एकै ठाउमा रहेको प्रमुख आचार्यले वताए ।
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य एवं कास्कीका ईञ्चार्ज श्रीनाथ वरालले स्वागत र कास्कीका उपाध्यक्ष पूर्ण लामाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।