पोखरा भाद्र २५,
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी कास्कीले पार्टिको १० औ राष्ट्रिय महाधिवेसनवाट निर्वाचित केन्द्रिय पदाधिकारी, पोलिटव्यूरो तथा केन्द्रिय कमिटीमा निर्वाचित नेताहरुलाई वधाई तथा शुमकामना ज्ञापन गरेको छ । जिल्ला कमिटी कास्कीले आज कास्की जिल्ला भूगोल कार्यक्षेत्र भई पार्टिको सचिवमा निर्वाचित श्रीनाथ वराल, पोलिटव्यूरो सदस्यमा निर्वाचित दिल कुमारी पन्त र धनराज आचार्य, र केन्द्रिय कमिटीमा निर्वाचित तुल वहादुर गुरुङ,कृष्ण नेपाली, रत्ना गुरुङ, सिता पौडेल र शर्मिला पौडेललाई एक कार्यक्रम गरि सम्मान वधाई तथा शुभकामना ब्यक्त गरेको छ । सो पार्टिका जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रिय सदस्य तथा पुराना वामपन्थी नेता लेखनाथ पोख्रेलले नव निर्वाचित पदाधिकारी, पोटिव्यरो तथा केन्द्रिय सदस्यहरुलाई अविर खादा र फुलले सम्मान गरेका थिए । सो कार्यक्रममा प्रदेश कमिटी, जिल्ला कमिटी, विभिन्न जन संगठनका नेताहरुले पनि नव निर्वाचितनेताहरुलाई वधाई दिएका थिए ।
सो अवसरमा मन्तव्य व्यक्त गर्दै नव निर्वाचित सचिव श्रीनाथ वरालले नेकपा एकिकृत समाजवादीको १० औ राष्ट्रिय महाधिवेसनमा एक मना एकताका साथ समाजवादी कार्यक्रम सहितको दस्तावेज पारित गरेकाले यो पार्टिलाई अन्य कम्युनिष्ट पार्टिहरुले चासोका साथ हेरेको वताए । नेतृत्व चयनका वेला अन्य पार्टिहरुमा पनि असन्तुष्ठिी देखिने वताउदै आफ्नो पार्टिमा पनि केही असन्तुष्ठि देखिएको वताउदै त्यस्ता असन्तुष्ठिलाई पार्टिले समाधान गर्ने वरालले वताए । महाधिवेसनले सर्वसम्मत नेतृत्व चयन गरेर पार्टि एकताको पक्षमा नयाँ सन्देश दिएको वरालले वताए । पदहरु सिमित हुने भन्दै पद पाएमा यो पार्टि ठिक पद नपाएमा वेठिक भन्ने धराण केही नेता कार्यकर्तामा देखिएको भन्दै त्यो अवसरवादी चिन्तन त्याग्नुपर्ने वरालले वताए । आफ्नो पार्टिले सहि निती पारित गरेपछि त्रसित भएर आफ्ना नेता कार्यकर्तालाई तान्ने केशिसमा एमाले रहेको वरालले वताए । अव नयाँ योजना, उर्जा र जोशका साथ पार्टिका गतिविधि वढाईने भन्दै उपस्थित नेता कार्यकर्तालाई वरालले आश्वस्त पारेका थिए ।
कार्यक्रममा जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य लेखनाथ पोख्रेलले नेकपा एमालेमा शंकर पोखे्रल र विष्णु पौडेल समूहको तिव्र गुटवन्दी रहेको, एकले अर्कालाई कसरी सिद्धाउने भन्ने षडयन्त्रमा रहेको र गण्डकीमा खगराज अधिकारी र पृथ्वी सुव्वा गुरुङको गुटवन्दी निषेधको राजनितीमा परिणत भएको वताए । पोख्ररेलले नेपालको कम्युनिष्ट आन्दोलनको भरोशा युक्त पार्टि एकिकृत समाजवादीनै भएको वताए । कार्यक्रममा पोलिटव्यूरो सदस्य दिल कुमारी पन्तले महाधिवेसनले सर्व सम्मती र प्रतिष्प्रर्धावाट नेतृत्व चयन गर्ने दुवै विधिलाई खुल्ला छाडेको वताउदै यसमा प्रश्न उठाउने ठाँउ नरहेको वतार्ईन् । नेकपा एकिकृत समाजवादी पार्टिमा अवसर र सुविधा लिने र अरु अवसरका लागि एमालेमा छिर्ने त्यस्ता अवसरवादीहरुलाई गएकोमा पार्टिलाई कुनै समस्या नहुने पन्तले वताईन् । सो अवसरमा अर्का पोलिटव्यूरो सदस्य तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पार्टिको महाधिवेसन भन्दा अगाडि वडा , पालिका, जिल्ला र प्रदेशका अधिवेसन नगरि एकैचोटी महाधिवेसन गर्दा नेतृत्व चयनमा केही समस्या देखिएको वताए । महाधिवेसन भन्दा अगाडि तल्ला कमिटीका अधिवेसन भएको भए नेतृत्व व्यवस्थापन सहज हुने र हाल देखिएको असन्तुष्ठि पनि नदेखिने आचार्यले वताए । पार्टिका केन्द्रिय सदस्य तुल वहादुर गुरुङले नेकपा एकिकृत समाजवादीको निती सहि भएकाले नेकपा एकिकृत समाजवादीनै नेपालको बाम आन्दोलनको नेतृत्व गर्ने वताए । पार्टिमा संख्या भन्दा निती सिदान्त र विचार महत्वपूर्ण भएको वताउदै गुरुङले यो पार्टिले सारेको विचारमा जनताको आकर्षण थपिने वताए ।
नेकपा एकिकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य रत्ना गुरुङ, नेता ईश्वरी प्रसाद न्यौपाने,गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य नवराज सुवेदी र गोपाल गिरी, पोखरा महानगर कमिटीका अध्यक्ष मुक्ति पौडेल अनेरास्ववियुका उप महासचिव राजन शर्मा पराजुली, पेशागत महासंघ गण्डकीका अध्यक्ष गुमान वहादुर थापा आटिसियुका गण्डकी अध्यक्ष तिल वहादुर विश्वकर्मा (तिलक) , किसान महासंघ कास्कीका अध्यक्ष काशिनाथ पौडेल ,अखिल नेपाल महिला संघ कास्कीका अध्यक्ष दान कुमारी वराल लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा नेकपा एकिकृत समाजवादी कास्कीका उपाध्यक्ष पूर्ण लामाले स्वागत र सचिव डिवी राईले कार्यक्रमको सञ्चालन गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।