पोखरा ,मंसीर १६,
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी गण्डकीको प्रथम अधिवेसन आगामी पौष १९ र २० गते पोखरामा हुने भएको छ । अधिवेसन सम्पन्न गर्न सो पार्टिका केन्द्रिय सचिव एवं गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ वरालको संयोजकत्वमा १५१ सदस्यीय मुल आयोजक कमिटी गठन गरिएको छ । अधिवेसन भव्य रुपमा सम्पन्न गर्न मुल आायेजक समितिका अलावा विभिन्न १० वटा उपसमितिहरु गठन गरिएको नेकपा एकिकृत समाजवादीका गण्डकी प्रदेश अध्यक्ष समेत रहेका सचिव श्रीनाथ वरालले वताए ।
यसरी गठन गरिएका उप समितिहरुमा श्रीनाथ वरालको संयोजकत्वमा प्रतिवेदन लेखन उप समिति, पोलिटव्यूरो सदस्य धनराज आचार्यको संयोजकत्वमा जन परिचालन उप समिति, केन्द्रिय सदस्य कृष्ण नेपालीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उप समिति केन्द्रिय सदस्य मोति पौडेलको संयोजकत्वमा आर्थिक उप समिति रहेका छन् । त्यसै गरि केन्द्रिय सदस्य शर्मिला देवी पौडेलको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, नवराज सुवेदीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, खड्ग हमालको संयोजकत्वमा खाना खाजा क्यवस्थापन उपसमिति, उदय सुवेदीको संयोजकत्वमा निर्वाचन उप समिति, मुक्ति पौडेलको संयोजकत्वमा मञ्च व्यवस्थापन उप समिति र ठाकुर शर्माको संयोजकत्वमा स्वयंमसेवक परिचालन उप समिति गठन गरिएको वरालले जानकारी दिए ।
प्रदेश अधिवेसनका लागि ५० जना पार्टि सदस्य वरावर एक जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको र अधिवेसनमा करिव ४५० प्रतिनिधि सहभागि रहने वताईएको छ । हिजो शनिवार सो पार्टिका गण्डकी प्रदेशमा रहेका पदाधिकारी, पोलिटव्यूरो सदस्य र केन्द्रिय कमिटीका सदस्यहरुको वैठकले १० वटा उप समितिहरुलाई पूर्णता दिएको वरालले वताए । पार्टिको सिङ्गो प्रदेश कमिटीका साथै विजभिन्न उप समितिहरु प्रदेश अधिवेसनमा जुटेको समेत वरालले वताए ।