पोखरा मंसीर ३०,
नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी सदस्यमा १७ नेता मनोनित गरेको छ । पार्टिका पूर्व पदाधिकारीहरु र स्थायी कमिटीमा रहेका र हाल पोलिटव्यरो सदस्यमा निर्वाचित भएका हरुलाई स्यायी कमिटीमा मनोनत गरिएका महासचिव धनश्याम भूषालले वताए । यसरी मनोनति हुनेहरुमा रामकुमारी झाँक्री, डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, केशवराल श्रेष्ठ, हरिप्रसाद पराजुली, नागेन्द्र चौधरी, रामचन्द्र झा, विरोध खतिवडा, कल्याणी खड्का, डा वंशीधर मिश्र, बलराम बाँस्कोटा, शत्रुधन महतो, श्रीप्रसाद साह, विश्वनाथ प्याकुरेल, साध्यबहादुर भण्डारी, रामचन्द्र यादव र लक्ष्मण रहेका छन् । नयाँ नेताहरुलाई मनोनित गरिएसंगै नेकपा एसको स्थायी कमिटी ४३ सदस्यीय भएको छ । नेताहरुको कार्य बिभाजन आज वस्ने वैठकले गर्ने जनाईएको छ । कार्य बिभाजन सहित केन्द्रिय निकाहरुमा मनोनयन पनि आजै हुने वताईएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।