पोखरा आषाढ ६,
नेकपा एकिकृत समाजावदीले आफ्नो १०औ महाधिवेसनका लागि देशै भरीवाट प्रतिनिधि छानेको छ । यही आषाढ १६ गते देखि २० गते सम्म काठमाण्डौमा हुने महाधिवेसनका लागि मुुलुक भरिवाट एक हजार आठ सय वढि प्रतिनिधि सहभागि हुदैछन् ।
गण्डकी प्रदेशका ११ जिललावाट पनि प्रतिनिधिहरु छानिएका छन् । सो पार्टिले आषाढ ५ गते मुलुकभरी एकै पटक प्रतिनिधि चयन गर्ने कार्यतालिका वनाएको थियो । जस अनुसार गण्डकी प्रदेशका ११ जिल्लावाट ७५ जना प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएको सो पार्टिका गण्डकी अध्यक्ष श्रीनाथ वरालले जानकारी दिए । कास्की जिल्लामा ३ वटा संघिय निर्वाचन क्षेत्रवाट २० जना र मजदूर फाँटवाट १ जना गरि २१ जना प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका छन् । कास्कीको निर्वाचन क्षेत्र नं १ वाट खुल्लामा ६ जना, महिलामा २ जना उत्पिडित क्षेत्रवाट १ गरि ९ जना, क्षेत्र नं २ वाट खुल्लामा ४, महिलामा २ र उत्पिडित १ गरि ७ जना र ३ नंवर क्षेत्रवाट खुल्लामा ३ जना र महिला १ गरि ४ जना र मजदूर ईलाका वाट १ जना गरि २१ जना प्रतिनिधी चयन हुने व्यवस्था रहेको थियो । जस अनुसार कास्की क्षेत्र नं १ वाट खुल्लामा पूर्ण लामा , डिवी राई, कपिल पौडेल,मधुसुदन देवकोटा, नारायण वजगाई र राजन पौडेल , महिलामा के पौडेल,दिललमाया गुरुङ र दलित तर्फ जित वहादुर सुनार प्रतिनिधि चयन भएका छन् । क्षेत्र नं २ वाट खुल्ला तर्फवाट खड्ग हमाल, मुक्ति पौडेल, झपिन्द्र राज रेग्मी र नवराज सुवेदी ,महिला तर्फ शर्मिला पौडेल ,दान कुमारी वराल र दलित टंक बिश्वकर्मा प्रतिनिधमा चयन भएका छन् । त्यसैगरि निर्वाचन क्षेत्र नं ३ वाट खुल्लामा प्रेम प्रसाद पौडेल, नवराज पाहारी, ई. दिपेन्द्र वास्तोला र महिलामा गरिमा पोखरेल चयन भएका छन् । मजदूर ईलाकावाट हरिराम धिताल निर्वाचित भएको जिल्ला अध्यक्ष खड्ग हमालले वताए । सर्वसम्मत रुपमा चयन भएको महाधिवेसन प्रतिनिधि चयनमा नेकपा एकिकृत समाजवादी गण्डकीका ईञ्चार्ज तुल वहादुर गुरुङ, पोलिटव्यूरो सदस्य एवं गण्डकीका अध्यक्ष श्रीनाथ वराल, केन्द्रिय सदस्य तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, अर्का केन्द्रिय सदस्य कृष्ण नेपालीले सहजीकरण गरेका थिए । केन्द्रिय कमिटी र केन्द्रिय निकायका सदस्यहरु आयोजकका हिसावले महाधिवेसनका स्वतः प्रतिनिधि हुने भएकाले कास्कीवाट स्थायी कमिटी सदस्य हरु तुल वहादुर गुरुङ र शारदा प्रसाद सुवेदी, पोलिट व्यूरो सदस्य श्रीनाथ वराल, केन्दिय सदस्यहरु धनराज आचार्य ,किष्ण नेपाली, रत्ना गुरुङ र गज कुमारी गुरुङ तथा केन्द्रिय निकायका विजय वावु वनवासी र मदन काजी श्रेष्ठ गरि ९ जना गरि कास्कीवाट ३० जनाको महाधिवेसनमा प्रतिनिधित्व हुने भएको छ । २१ जना प्रतिनिधि चाहिनेमा महाधिवेसन प्रतिनिधमा जान चाहाना राख्नेहरुको संख्या ३ वटै क्षेत्रमा गरि ५० जना भन्दा वढि रहेको अध्यक्ष हमालले वताए । निर्वाचित प्रतिनिधिहरुलाई नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्ज तुल वहादुर गुरुङ र गण्डकी प्रदेश अध्यक्ष श्रीनाथ वरालले प्रमाण पत्र वितरण गरेका थिए । निर्वाचन समितिका संयोजक विजयवावु वनवासीको अध्यक्ष्तामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य तुल वहादुर गुरुङ र गण्डकी अध्यक्ष श्रीनाथ वरालले मन्तव्य ब्यक्त गरेका थिए ।