पोखरा भाद्र १२,
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादीले मतदान प्रक्रियावाट पदाधिकारी निर्वाचित गरेको छ । सो पार्टिमा पदाधिकारी चयन सर्वसम्मत हुन नसकेपछि मंगलवार पदाधिकारी र पोलिटव्यूरो सदस्यका लागि निर्वाचन गरिएको थियो । २१ सदस्यीय पदाधिकारीमा अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव धनश्याम भूषाल महाधिवेसनवाटै निर्वाचित भएका थिए । सो पार्टिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निविरोध निर्वाचित भएका छन् वाँकी पदहरुमा निर्वाचन भएको थियो । मंगलवार भएको निर्वाचनको मत परिणमा वुधवार विहान मात्रै सार्वजनिक गरिएको थियो ।
सार्वजनिक गरिएको मत परिणमा अनुसार महिला उपाध्यक्षमा जयन्ती देवी राई, १९९ मतका साथ निर्वाचित भईन् । महिला उपाध्यक्षका उमेद्धवार रामकुमारी भाँक्रीले जम्मा ११२ मत प्राप्त गरिन् । मधेश उपाध्यक्षमा धर्मनाथप्रसाद साह १६४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिष्प्रधि रामचन्द्र झाले १४४ मत प्राप्त गरे । ४ जना खुल्ला उपाध्यक्षमा डा.गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १६१,भानुभक्त जोशी १५६ र प्रकाश ज्वाला १३९ मत ल्याएर निर्वाचित भएका छन् ।
त्यस्तै ४ उपमहासचिवमा मेटमणी चौधरी १५८,गरिमा शाह १०७ , रामकुमार भट्टराई १०७ र राजेन्द्र राई १०६ मत ल्याएर निर्वाचित भए । त्यसै गरि ७ सचिवमा गणेश विक १८०,शेरबहादुर कुँवर १५३, सोमप्रसाद पाण्डे १४१, श्रीनाथ बराल १०७ सावित्रीकुमारी भुसाल १०६, र चन्द्रबहादुर शाही ९१ मतका साथ निर्वाचित भएका छन् । ३४४ जना केन्द्रीय सदस्य मध्ये ३२२ जनाले मतदानमा भाग लिएको निर्वाचन आयोगले जनाएको छ ।
गत आषाढ १६ गते देखि २१ गते सम्म भएको निर्वाचनले अध्यक्ष सम्ममानित नेता र महासचिव सहित ८३ जना केन्द्रिय सदस्य निर्वाचित गरेको थियो पछि मनोनित गरेर उक्त संख्यालाई ३४४ पु¥याईएको थियो । सहमतिमै पदाधिकारी , स्थायी समिति र पोलिटव्यूरो सदस्य चयन गर्ने वताईएको भएपनि सहमती हुन नसकेपछि निर्वाचिन हुन पुगेको थियो । पार्टिका अध्यक्ष माधव कुमार नेपालनै निर्वाचनको पक्षमा देखिएका थिए । सो पार्टिको पदाधिकारी चयनमा प्रष्टसंग दुई गुट देखिएको छ । पार्टि अध्यक्ष माधव कुमार नेपालको गुट एकातिर र अर्कोतिर वरिष्ठ नेता झलनाथ खनाल र महासचिव धनश्याम भूषाल को गुट देखिएको छ । नेताहरुका विचको गुटवन्दी पदाधिकारी चयनमा छरपष्ट भएको छ । पदाधिकारी निर्वाचनमा माधव कुमार नेपाल पक्षको एकलौटी वर्शच्व देखिएको छ । यदी पदाधिकारी र पोलिटव्यूरोमै प्रतिष्प्रर्धा गर्नु थियो भने महाधिवेसनमै मतदान गर्न दिएको भए महाधिवेसन प्रतिनिधिहरुले केन्द्रिय सदस्य लगायत प्रतिनिधि चयन गर्ने थिए भन्दै सो पार्टिका महाधिवेसन प्रतिनिधिहरुले असन्तुष्ठिी व्यक्त गररेका छन् । ८३ जना केन्द्रिय सदस्य महाधिवेसनले चयन गर्ने वाँकी २६१ जना सदस्य टिको लगाएर मनोनित गर्ने अनि ति टिको लगाएकाहरुले पदाधिकारी चयन गरेको भन्दै सो पार्टिमा तल्लो तह सम्मै असन्तुष्टि वढेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।