पोखरा जेष्ठ ७,
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादीले दोस्रो चरणका आन्दोलनका कार्यक्रम अगाडि सारेको छ । आन्दोलन संयोजन समितिका संयोजक एवं सो पार्टिका महासचिव घनश्याम भूषालले पहिलो चरणको आन्दोलन प्रभावकारी भएको निकर्ष निकाल्दै आगामी जेष्ठ २७ गते सम्मका कार्यक्रम तय भएको जनाएका छन् । दोस्रो चरणको आन्दोलनमा पार्टिका केन्द्रिय कमिटी सदस्य, प्रदेश कमिटी, जिल्ला र पालिका कमिटीका सदस्यहरुलाई सक्रिय सहभागि भई जनताका सरोकारका विषयमा सम्वन्धित निकायलाई झक्झक्याउन र पार्टि र जनताको विचको अन्तरघुलनलार्ई अझै शसक्त वनाउन सम्पूर्ण पार्टि पंतीलाई अनुरोध गरेका छन् ।
आन्दोलनका कार्यक्रम अन्तर्गत जेष्ठ ५ गते पार्टिका अध्यक्ष माधव कुमार नेपाल संग केन्द्रिय कमिटी सदस्य, प्रदेश कमिटी, जिल्ला कमिटीका पदाधिकारी विच जुम वैठक भएको छ । सो जुम वैठकमा विभिन्न तहका समस्याहरुको वारेमा छलफल गरिएको थियो । त्यसै गरि जेष्ठ ६ गते पहिलो चरण्को आन्दोलनको क्रममा माग पत्र वुझाउन वाँकी रहेका स्थानिय तहहरुमा माग पत्र वुझाउने कार्यक्रम सम्पन्न भयो यसै क्रममा नेकपा एकिकृत समाजवादी पोखरा महानगर कमिटीले पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्य र उप प्रमुख मञ्जुदेवी गुरुङलाई ६३ वँुदे माग पत्र वुझाएको थियो । ७ गते आज प्रदेश सरकारलाई वुझाईएका माग पत्र वारे प्रदेश सरकारलाई स्मरण पत्र वुझाउने, कार्यक्रम रहेको नेकपा एकिकृत समाजवादीका केन्द्रिय सचिव तथा गण्डकी प्रदेशका ईञ्चार्ज श्रीनाथ वरालले जानकारी दिए ।
जेष्ठ ८ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमा वुझाईएका माग पत्र वारे स्मरण पत्र वुझाउने , ७ गते देखि १० गते सम्म पार्टिले अगाडि सारेको आन्दोलनको वारेमा सामाजिक सञ्जालमा सामग्री पोष्ट र शेयर गर्ने र यो कार्यलाई नियमित रुपमा पनि गर्ने कार्यक्रम रहेको छ । त्यसै गरि जेष्ठ ९ गते पायिलकाहरुमा स्मरण पत्र वुझाउने, १० गते प्रदेश कमिटीहरुले पार्टिले सरकारसंग अगाडि सारेका मागहरुका सम्वन्धमा अन्य पार्टिका नेता तथा वुद्धिजिवीहरुसंग अन्तरक्रिया गर्ने, ११ गते पार्टिले सरकारसंग अगाडि सारेका मागहरुका सम्वन्धमा जिल्ला स्तरमा अन्य पार्टिका नेता तथा वुद्धिजिवीहरुसंग अन्तरक्रिया गर्ने , १३ गते पार्टिले पेस गरेका माग पुरा गराउन पालिका स्तरमा प्लेकार्ड सहित २ घण्टा धर्ना दिने र अन्तमा कोण सभा गर्ने सो पार्टिको कार्यक्रम रहेको छ ।
जेष्ठ १५ गते जेष्ठ ६ गते मागपत्र वुझाएका स्थानिय तहहरुमा स्मरण पत्र वुझाउने, जेष्ठ १७ देखि १९ गते सम्म पालिकामा र शहर वजारका मुख्य चोकहरुमा पर्चा वितरण गर्ने, जेष्ठ २१ गते प्रत्येक जिल्ला कमिटीले जातिय भेदभाव र छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा गोष्ठी गर्ने, २२ र २३ गते पार्टिले अगाडि सारेका आन्दोलनका कार्यक्रमका वारेमा जानकारी दिन तथा पेस गरिएका मागपत्रहरुको वारेमा सर्वसाधारण जनतालाईृ जानकारी दिन वडा भेलाहरुको आयोजना गर्ने र जेष्ठ २६ र २७ गते जिल्लाका महत्वपूर्ण ठाँउहरुमा कोण सभाहरु गरि पार्टिले अगाडि सारेका आन्दोलनका कार्यक्रमका वारेमा जानकारी दिने तथा पेस गरिएका मागपत्रहरुको वारेमा जनतालाई आव्हान गर्ने कार्यक्रम रहेको संयोजक भूषालद्धारा जारी निर्देशनमा जनाईएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।