पोखरा जेष्ठ ६,
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी पोखरा महानगर कमिटीको प्रथम अधिवेसन यही जेष्ठ १५ गते पोखरामा सम्पन्न हुने भएको छ । सो पार्टिको महानगर कमिटीले आज पोखरामा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । अधिवेसनमा ३३ वटा वडावाट ५÷५ जनाका दरले १६५ जना र आयोजक गरि जम्मा २४५ जना प्रतिनिधि रहने सो पार्टिका पोखरा महानगर कमिटीका अध्यक्ष प्रेम थापाले वताए । अधिवेसनको पार्टिका महासचिव धनश्याम भूषाले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । बर्गिय हित , समाज परिवर्तन र संमृद्ध नेपालको परिकल्पनालाई साकार पार्न समाजवादी कार्यक्रम लिएर हिडेको नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादीले पोखरा नगरमा जनतासंगको संवादलाई अगाडि वढाउदै पार्टिलाई जनतासंग अन्तरघुलित वनाउने, जनताको प्रत्यक्ष जन जिविका संग जोडिएका विषयहरुलाई प्राथमिकतामा राखेर उजागर गर्ने तथा पार्टिको संगठनलाई अझ सुद्रिड र सक्षम वनाउने उदेश्यका साथ अधिवेसन सम्पन्न गर्न लागेकोे अध्यक्ष थापाले पत्रकार सम्मेलनमा वताए । अधिवेसन सम्पन्न गर्न अध्यक्ष प्रेम थापाको संयोजकत्वमा मुल आयोजक कमिटी गठन गरिएको र अधिवेसनको तयारी तिव्र पारिएको अध्यक्ष थापले वताए । सो अवसरमा थापाले पार्टिको केन्द्रिय कार्यक्रम अन्तर्गत सुशासन र रोजगारीका लागि पोखरा महानगरपालिका समक्ष ६३ वँुदे मागपत्र पेस गरिएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा सो पार्टिका केन्द्रिय सचिव श्रीनाथ वरालले पार्टिले प्रदेश अधिवेसन सम्मपन्न गरेर , जिल्ला र स्थानिय कमिटीहरुको अधिवेसन गरिरहेको र यही सिलसिलामा पोखरा महानगर कमिटीको अधिवेसन जेष्ठ १५ गते हुन गईरहेको वताए । सचिव वरालले पार्टिले पहिलो चरणको संघर्षको कार्यक्रम सम्पन्न गरिसकेको र दोस्रो चरणमा पहिलो चरणमा छुटेको स्थानिय तहहरुमा ज्ञापन पत्र वुझाउने कार्यक्रम अन्तर्गत आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई ज्ञापन पत्र वुझाईएको वताए । कस्तो पोखरा वनाउने भन्ने सम्वन्धमा पार्टिको तर्फवाट धारणा सहितको ज्ञापन पत्र प्रमुख आचार्यलाई वुझाईएको वरालले स्पष्ट पारेका थिए । पत्रकार सम्मेलनमा स्वागत उपाध्यक्ष ई. दिपक सुवेदी र सञ्चालन सचिव सुरज अधिकारी बज्रराजले गरेका थिए ।सो अवसरमा पत्रकारहरुले राखेका जिज्ञासाहरुको उत्तर अध्यक्ष थापाले दिएका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।