पोखरा चैत्र ४,
यही चैत्र ५ गते अर्थात भोली स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै छ । विद्यार्थीहरुको हक अधिकारको रक्षा गर्न क्याम्पस तथा विश्वविद्यालयहरुमा गठन भएको विद्यार्थीहरुको संगठन स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका मुलुकका विभिन्न क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले कतै प्यानल वनाएर त कतै एकल रुपमा उमेद्धवारी दिएका छन् ।
यसै क्रममा देशकै सबैभन्दा धेरै विद्यार्थी रहेको यस क्षेत्रकै चर्चित पोखराको पृथ्वीनारायण क्याम्पसमा १६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । चैत ५ गते हुने निर्वाचनका लागि अध्यक्षमा ८ प्रतिस्पर्धी मैदानमा छन् । एमाले, कांग्रेस, माओवादी निकटका विद्यार्थी संगठनले एकल उमेद्धवारी दिएका छन् भने नेकपा एकिकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, नेकपा वैद्ध समूहनिकट विद्यार्थी संगठनहरुले संयुक्त प्यानल वनाएर उमेद्धवारी दिएका छन् । पृथ्वी नारायण क्याम्पसमा ९ हजार २७० मतदाता रहेका छन् ।
देशका प्रमुख राजनितीक पार्टिका नेता उत्पादन गर्ने क्याम्पस हो पृथ्वी नारायण क्याम्पस । नेकपा एमालेका महासचिव शंकर पोखरेल, एमाले नेता खगराज अधिकारी, सोमनाथ प्यासी, समाजवादीका नेता तुल वहादुर गुरुङ, श्रीनाथ वराल चर्चित विद्यार्थी नेतृ लक्ष्मी कार्की, झलक सुवेदी,माओवादी नेता कृष्ण वहादुर महरा , स्व. रविन्द्र अधिकारी , पोखरा महानगरपालिकका मेयर धनराज आचार्य, पूर्व मन्त्री पदम गिरी काँग्रेस नेता महादेव गुरुङ ,पूर्व मन्त्री यज्ञ वहादुर थापा,लगायत धेरै नेताहरु पृथ्वी नारायण क्याम्पसका उत्पादन हुन् यस अर्थमा पनि पोखराको पृथ्वी नाराण क्याम्पसलाई महत्वका साथ हेर्ने गरिन्छ । पृथ्वी नारायण क्याम्पसको स्वीयु सभापति भएको ब्यीक्त समकालिन राजनितीमा धेरै माथि पुग्ने गरेका छन् ।
यसै विच मंगलवार हुने निर्वाचनका लागि एमाले निकट अनेरास्ववियुबाट अध्यक्षमा विष्णु पोखरेल,काँग्रेस निकट विद्यार्थीहरुको संगठन नेपाल विद्यार्थी संघको तर्फवाट सुशील न्यौपाने, नेकपा माओवादी निकट विद्यार्थीहरुको संगठन अखिल क्रान्तिकारीवाट नवीन अधिकारी,े नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारी वैद्यको तर्फबाट संयुक्त प्यानल मार्फत सन्तोष पौडेलले उमेद्धवारी दिएका छन् । प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङ, राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंका मिलन सुनार र कमल सुवेदी र विप्लवी न्यौपानेले अध्यक्षमा स्वतन्त्र उमेद्धवारी दिएका छन् । उमेद्धवारी दर्ता गराएका विद्यार्थी संगठनका नेताहरु आ आफ्ना एजेन्डा र प्राथमिकता सहित विद्यार्थी विच गएका छन् ।
यसै विच नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारी वैद्यको तर्फबाट संयुक्त प्यानल मार्फत अध्यक्षका प्रत्यासी सन्तोष पौडेलको टिमवाट सचिवमा किरण खड्का, कोषाध्यक्षमा सचिन पौडेल, र सदस्यहरुमा अभिस्पा संगम पौडेल, दलजित खड्का, मनिष वराल, सन्तोष दहाल , सुदिप पौडेल,स्मारिका वराल, स्नेह अधिकारी, र युका वास्तोलाले उमेद्धवारी दर्ता गरी प्रतिष्प्रर्धा गरिरहेका छन् । उक्त टिमले पोखरामा पत्रकार सम्मेलन गरि आफ्ना प्रतिवद्धताहरु समेत सार्वजनिक गरेको छ । आफ्नो प्यानलको पक्षमा मत माग्दै आफुहरुले चुनाव जितेको खण्डमा पृथ्वी नारायण क्याम्पसमा सविधा सम्पन्न होष्टल निर्माण गर्ने, क्याम्पसलाईृ पूर्णतया सरकारी वनाउने र क्याम्पस भित्रै चलिरहेको दुई खाले शिक्षाको अन्त्य गर्ने, क्याम्पसलाई पूर्णतया डिजिटल वनाउने, आगामी दिनमा पूर्णतया पेपरलेस वनाउन अभियान चलाउने, शैक्षीक क्यालेण्डर कडाईका साथ लागु गर्ने, विविएस, विएड र विएससीका आन्तरिक परिक्षा सञ्चालन गराउने लगायत क्याम्पसमा सुधार गर्नुपर्ने अन्य धेरै सुधारका कामहरु गर्न दवाव दिने जनाएको छ ।
यस पटकको निर्वाचनमा ४ विद्यार्थी संगठनका बिच नै प्रतिष्प्रर्धा हुने देखिएको छ । नेकपा एमाले निकट अनेरास्वीयु, काँग्रेस समर्थित नेविसंघ, माओवादी निकट विद्यार्थी संगठन अखिल क्रन्तिकारी, र नेकपा एकिकृत समाजवादी, निकट अनेरास्वीयु, समाजवादी विद्यार्थी संगठन र वैद्ध निकटको अखिल क्रन्तिकारीको संयुक्त प्यानल विचनै मुख्य रुपमा प्रतिष्प्रर्धा हुने देखिएको छ । विगत देखिनै एमाले समर्थित अनेरास्ववीयुको वर्चश्व रहेको सो क्याम्पसमा यस पटक भने कडा टक्कर हुने वताईएको छ । पृथ्वी नारायण क्यम्पसको स्वीयु निर्वाचनलाई कास्की जिल्लामा राजनतिक पार्टिहरुले आफ्नो अस्तित्वसंग जोडेर हेर्ने भएकाले पनि यो यो निर्वाचनमा पार्टिहरुको धेरैनै चासो रहने गरेको छ ।
