पोखरा माघ २२,
सरकारवाट वाहिरिने निर्णय गरेको रास्वपाका सभापति रवि लामिछानेले नेपाली मिडिया प्रति आक्रोस पोखेका छन् । केन्द्रिय समिति र संसदीय दलको संयुक्त वैठकले सरकारवाट वाहिरिने तर सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरे लग्गतै आयोजना गरिएको पत्रकार सम्मेलनमा लामिछानेले नेपालका ठूला मिडिया प्रति निक्कै आक्रोस पोखे । नेपालका ठूला मिडिया कान्तिपुर मिडिया ग्रुप, अनलाईन खवर, सेतो पाटि, वाह्खरी लगायतका मिडियाको नामै लिएर लामिछानेले उनिहरु आफै कन्फिक्ट अफ ईन्ट्रेस्टमा चलेको वताए । देशका दुष्मन देशी विदेशी शक्ति नभएर नेपालका सिण्डीकेटवाला केही मिडिया भएको उनले वताए । कैशाल सिरोहिया, अमित ढकाल, प्रतिक प्रधान, ऋषि धमलाको नामै लिएर लामिछानेले आलोचना गरेका आलोचना गरेका थिए । देश चलाउने राजनितीक दलहरुले हो चुनाव जितेर आएका जनप्रतिनिधिहरुले हो भन्दै लामिछानेले नेपालमा ठूला मिडियाले देश चलार्ईरहेको आरोपे लगाएका थिए । ठूला दलका नेताहरु पनि ठूला मिडिया संग डराउने गरेको यीनिहरुको विरोध ग¥यो भने सिद्धाईदिन्छन् भनेर चुप वस्ने गरेको भएपनि आफु भने चुप लागेर नवस्ने लामिछानेले वताए ।
राष्ट्रिय स्वतन्त्र पार्टि कसैको प्रभावमा नपर्ने भन्दै जनताको विश्वास लिएर अगाडि वढ्ने वताए । आफुले देश भरीमै सवै भन्दा वढि मतान्तरले चुनाव जितेको भन्दै आफुलाई मत दिने सवैको नागरिकता पनि नक्कली थियो भनेर पत्रकार सम्मेलनमा लामिछानेले वताएका थिए । पत्रकार सम्मेलनमा निक्कै आक्रोसित वनेका लामिछानेले नेपाली मिडिया विषेशत ठूला मिडियाको वारेमा आज सम्म कसैले भन्न नसकेको कुरा आफुले खलासा गरिदिएको वताए । नेपाली मिडियाका पत्रकारहरुले जनताका मुद्धालाई स्थापित गर्नभन्दा पनि साहुरुलाई स्थापित गर्न लागेको लामिछानेले आरोप लगाए । आफुले पार्टिवाट हात धुनुप¥यो भनेपनि र जीवनवाटै हात धुनुप¥यो भनेपनि मिडियाको दादागिरी र अत्याचार सहेर नवस्ने लामिछानेले वताए । आफुले आफुलाई त्यसै अभ्यूमन्यू नभनेको वताउदै आफु युद्धमा छिर्न पनि जानेको र निस्कन पनि जानेको वताउदै आफु निकट भविश्यमानै आफु को हो भनेर देखाईदिने वताए । कान्तिपुरलाई शेयर दिएन भने बाँच्नै नसक्ने अवस्था मुलुकमा भएको लामिछानेले वताए । १२ भाई एक जुट हुने जाँड खाएर वस्ने र कसलाई सिद्धाउने भन्ने योजना वनाउने गरेको त्यसै खालका समाचारका हेड लाईन वन्ने गरेको गम्भिर आरेप लामिछानेले लगाएका थिए । १२ भाई को को हुन् भनेर नखुलाएपनि उनले पटकपटक १२ भाईको नाम लिएर आक्रोस पोखेका थिए । गलत समाचार लेखेमा आफ्ना समर्थक लिएर मिडिया घेर्न आउने चेतावनी पनि लामिछानेले पत्रकार सम्मेलनमा दिएका थिए ।

१ प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।