पोखरा , पौष १,
नेपाली काँग्रेस गण्डकीको प्रथम सम्मेलन यही पौष ३ र ४ गते पोखरामा हुने भएको छ । नेपाली काँग्रेस प्रचार तथा प्रकाशन विभागको आयोजनामा आज पोखरामा गरिएको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराईएको हो । प्रदेश स्थापना भएपछि प्रथम सम्मेलनको रुपमा गण्डकी काँग्रेसले जिल्ला जिल्लावाट प्रतिनिधि सहभागि गराएर प्रथम पटक प्रदेश सम्मेलन गर्न लागेको हो । सम्मेलनमा करिव ५०० प्रतिनिधिहरुको सहभागिता रहने नेपाली काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले वताए । । प्रदेशका ११ जिल्लावाट प्रत्येक जिल्लाका ८ जना र जिल्लाका उपसभापतिहरु सम्मेलनमा सहभागि हुनेछन् । त्यसै गरि महिला, आदीवासी जनजाती बिद्यार्थी लगायत विभिन्न जनसंगठनहरुवाट मनोनित गरिएकाहरु, प्रदेश स्थित केन्द्रिय सदस्यहरु, महाधिवेसन प्रतिनिधि, महासमिति सदस्य लगायतको सहभागिता सम्मेलनमा रहने शर्माले वताए । सम्मेलनको पोखरा सभागृहमा पौष ३ गते नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा नेपाली का्रेसका नेता शेखर कोईराला लगायतका नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको सभापति शर्माले वताए । सम्मेलनका लागि जिल्ला जिल्लावाट प्रतिनिधिहरु आउने क्रम चलिरहेको र सम्मेलनको तयारी पुरा भएको शर्माले वताए ।
मुलुक प्रदेश संरचनामा गईसकेपछि नेपाली काँग्रेसले मुलुकभरी प्रदेश सम्मेलनहरु गरिरहेको छ । प्रदेशका सभापतिहरुले पार्टिको केन्द्रिय समितिमा आमन्त्रीत केन्द्रिय सदस्यको रुपमा मात्रै सहभागि हुने मौका पाएको अवस्था छ । उनिहरुलाई केन्द्रिय सदस्य सरहको हैसियत समेत प्रदान गरिएको छैन । प्रदेशका मुख्यमन्त्रीहरुले पार्टि सभापतिलाई टेर्ने गरेको देखिदैन । प्रदेशका सभापतिहरु पार्टिको केन्द्रिय समिति र पार्टि सभापति प्रति सन्तुष्ट देखिदैनन् यस्तो वेलामा धमाधम प्रदेश सम्मेलनहरु भईरहेका छन् पार्टि सभापतिलाई साँची राखेर प्रदेश सभापतिहरुले आफ्ना अधिकार माग्ने रणनैतिक थलो समेत प्रदेश सम्मेलनलार्ई वनाउन लागेको आभास मिलेको देखिन्छ । प्रदेश सम्मेलनको तयारीवारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश सभापति शुक्रराज शर्माले ७ वटा प्रदेशका सभापतिहरुलाई केन्द्रिय सदस्य नवनार्ई आमन्त्रित मात्रै वनाएकोमा तिव्र असन्तुष्ठी व्यक्त गरे । उनले पार्टि सभापति विधान वमोजिम नलचेकाले पार्टिमा समस्या भएको, पार्टिमा गुटवन्दी जस्तो देखिएको वताए । पािर्ट सभापतिलाई विधान अनुसार हिड्नको लागि दवाव दिने काम भईरहेको वताए । यदी पार्टि सभापति विधान अनुसार चल्ने हो भने काँग्रेसमा गुट नहुने र काँग्रेस एक ढिक्का हुने शर्माले वताएका थिए । पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिदै शभापति शर्माले काँग्रेस मुलुकको पुरानो प्रजातान्त्रिक पार्टि भएको हुनाले विग्रेका कुरा सच्याएर अगाडि वडेको खण्डमा काँग्रेसनै मुलुकको नेतृत्व लिनसक्ने पार्टि भएको शर्माले वताए । काँग्रेस हुँदा हुँदै युवाहरुले अन्य पार्टिमा जानु नपर्ने वताउदै शर्माले काँग्रेसले मात्रै जनतालाई परिवर्तन र बिकासको प्रत्याभूति दिन सक्ने वताए ।
पुराना पार्टिहरु प्रति जनताको विश्वास घटेको, प्रजातन्त्र र गणतन्त्र प्राप्तीको लामो समय सम्म पनि जनताले केही परिवर्तको अनुभूति गर्न नसकेको भन्दै शर्माले नेपाली काँग्रेस, एमाले लगायतका पुराना दलहरु वालुवाको थुप्रो जस्तै भएको वताए । मुलुकमा प्रजातन्त्र र कमजोर भएको रष्ट्रियता कमजोर भएका हुनाले विदेशीले नटेर्ने अवस्था आएको, नेपाली काँग्रेसले संकल्प गरे अनुसारका कामहरु नभएको लगायतका विषयहरु सम्मेलनको प्रतिवेदनहरुमा आउने शर्माले वताए । प्रजातन्त्रमा जनता मालिक र सत्तामा जाने सेवक हुन्छ भन्दै शर्माले हामी सत्तामा जानेहरु मालिक भयो र जनतालाई दासको व्यवाहार हुन थालेको छ यो प्रजातन्त्रका लागि धातक कुरा हो यसमा सच्चिन आवश्यक रहेको शर्माले वताए । अहिले सरकारले पार्टि सञ्चालन गरिरहेको जस्तो देखिएको भन्दै सरकारले पार्टि चलाउने हैन पार्टिले सरकार लचाउने हो भन्ने विषय पनि सम्मेलनमा उठाईने वताए । हामीले काम गर्दै जाँदा केही कमजोरी भएका छन् भने तिनीहरुलाई संविधानमै सुधार गरेर सच्चयाउनुपर्ने भएपनि सच्चाउन तयार हुनुपर्ने लगायतका विषयका पनि सम्मेलनमा कुरा उठाईने शर्माले वताए ।
नेपाली काँग्रेस गण्डकी प्रदेश समिति अन्तर्गतको प्रचार तथा प्रकाशन विभागले गरेको कार्यक्रममा प्रचार विभाग प्रमुख रमेश पौडेल र प्रचार विभागका सदस्य सचिव राज वहादुर गुरुङले पनि मन्तव्य ब्यक्त गरेका थिए ।