पोखरा फागुन २७,
पत्रकार कृष्ण वहादुर थापालाई मातृशोक परेको छ । थापाकी ममतमयी आमा कृष्णकुमारी थापाको ७९ वर्षको उमेरमा निधन भएको छ । स्व. कृष्णकुमारी लामो समयदेखि पार्किन्सन, उच्च रक्तचाप, दम लगायत रोगबाट पीडित थिइन् । केही समयअघि काठमाडौं समेत उपचारका लागि लगिएको परिवारले जानकारी दिए । स्व. थापा नेपाल महिला संघको संस्थापक समेत रहेकी थिईन् । उनको बिहीबार सेती नदी स्थित तुल्सीघाटमा अन्त्येष्टि गरिएको छ । उनका २ छोराहरु सन्तोष र कृष्ण रहेका छन् ।
स्व. थापाका कान्छा छोरा कृष्ण थापा सराङ्कोट वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा रेडियो सराङ्कोटका कार्यकारी निर्देशक ,नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य एवं प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हुन् । उनि क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुखका साथै अन्य विभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय छन् । पोखरा सराङकोटका थापा परिवार हाल पोखरा ८ सिमलचौरमा मा वस्दै आएका छन् । स्व. आमा प्रति फेवापोष्ट परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।