पोखरा माघ २२,
पोखरा उद्योग वाणिज्य संघ लगायतका संघ संस्थाको अनुरोध पछि पोखरा महानगरपालिका पार्किङ निषेधको निर्णयवाट पछि हटेको छ । पोखरा महानगरपालिकाको माघ १६ गते वसेको यातायात व्यवस्थापन समितीको वैठकले माघ २३ गते देखि लागु हुने गरि पोखराको मुख्य वजार क्षेत्र पृथ्वीचोक सभागृह चोक, न्यूूरोड विपीचोक, महेन्द्रपुल, नयाँवजार हुँदै पृथ्वीचोक सम्मको सडक खण्डमा पार्किङ नगर्न र पाकिङ गरेमा नियमानुसारको कारवाही हुने सूचना जारी गरेको थियो । महानगरपालिकाले सूचना जारी गरेपछि सो क्षेत्रका व्यापारीहरुले आफ्नो पशल भएको ठाँउमा पार्किङ निषेध गरेपछि व्यापार व्यवसायमा असर गर्ने भन्दै विरोध गरेका थिए । सो कुरा निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था पोखरा उद्योग वाणिज्य संघ समक्ष पुग्यो । वैक तथा वित्तिय संस्थाहरुले ब्याज वढाएको, ऋणको सावा तथा व्याज असुलीमा कडाई गरेको वेला महानगरपालिकाले वजार क्षेत्रमा पार्किङ गर्न नपाउने निर्णय गरेपछि व्यापार व्यवसाय चौपट हुने ठहर गर्दै महानगरपालिका समक्ष उक्त निर्णय फिर्ता लिन अनुरोध गरेको थियो । आईतवार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिको नेतृत्वमा गएको उद्योगी व्यवसायीको टोलीले पोखरा महानगरपालिकका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारती भेटरे ज्ञापन पत्र समेत वुझाएको थियो ।
महानगरपालिकाले आईतवारनै एक सूचना प्रकाशित गर्दै मिति २०७९÷१०÷२३ गतेदेखि सडकमा भइरहेको पार्किङ खाली गर्ने गरि यसअघि सूचना प्रकाशित भएकोमा सो सम्बन्धमा सरोकारवाला निकायहरू पोखरा उद्योग वाणिज्य संघ, यातायात क्षेत्रमा क्रियाशील विभिन्न संघ– संस्थाहरू तथा अन्य सरोकारवाला निकायहरूसँग छलफल पश्चात् लागु गर्न सुझाव प्राप्त हुन आएकाले हाल व्यवस्थित भएका स्थानहरूलाई खुल्ला गरिंदै अर्को व्यवस्था नभएसम्मका लागि पूर्ववत् अनुसार नै रहने भन्ने सूचना प्रकाशित गरी पोखरामा मुख्य वजार क्षेत्रका सडक खण्डमा पूर्ण रुपमा पार्किङ निषेध गर्नेे निर्णयवाट महानगरपालिका पछि हटेको छ ।
![](http://fewapostkhabar.com/wp-content/uploads/2023/02/326749404_1432756900590437_6024717487026838122_n-1.jpg)