पोखरा माघ १०,
पोखरा महानगरपालिका वडा नं १८ मेथलाङमा आज विहान वलेरो जिप दुर्घट्ना भएको छ । मेथलाङवाट दुध लिएर पोखरा आउदै गरेको ग ३ च २६०३ न.को दुध बोक्ने सिङ्गल क्यापको वलेरो जिप आज विहान अन्दाजी ९.१५ वजेतिर दुर्घट्ना भएको प्रहरीले जनाएको छ । उक्त जिप नियन्त्रण गुमाई सडकवाट दाँया तर्फ अं.२० फिट तल खसेको थियो । सो जिप दुर्घट्नामा घाईते भएका ३ जनालाई उपचारको लागी मणिपाल शिक्षण अस्पताल पठाईएकोमा जिप चालक कास्की जिल्ला पोखरा म.न.पा. वडा नं.१८ ग्यारजाती बस्ने बर्ष ४९ को कृष्ण बहादुर थापाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त जिपमा सवार सोही ठाँउ वस्ने बर्ष ६९ की हिमकला थापा र बर्ष ७० की चन्द्रकला थापाको उपचार भईरहेको प्रहरीले जनाएको छ ।