पोखरा जेष्ठ ३,
पोखराको लेकसाईडमा सञ्चालनमा रहेका स्पा (मसाज) सेन्टरमा वालिकाहरुलाई यौनजन्य कार्यमा लगाउने गरेको पाईएको छ । मसाज सेन्टर भनेर सञ्चालन गर्ने तर मसाज सेन्टरका नाममा वालिकाहरुलाई यौनजन्य कार्यमा लगाउने मसाज सेन्टर सञ्चालकहरुमाथि प्रहरीले अनुसन्धान थालेको छ । पोखराको लेकसार्ईडमा सञ्चालनमा आएका मसाज सेन्टरहरुले वालिकाहरुलाई यौनजन्य कार्यामा लगाउने गरेको सूचनाको आधारमा जेष्ठ २ गते जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समुह नेपालको संयुक्त टालीले पोखरा महानगरपालिका वडा नं. ६ लेकसाईडमा सञ्चालनमा रहेका ५ वटा स्पा (मसाज) सेन्टरहरुमा अनुगमन गरेको थियो । अनुगमानका क्रममा ती मसाज सेन्टरमा १८ वर्ष भन्दा मुनिका ६ जना वालिकाहरुलाई काममा लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक वसन्त कुमार शर्माले जानकारी दिए । १८ वर्ष भन्दा मुनिका वालवालिकालाई काममा लगाउन पार्ईदैन तर ती मसाज सेन्टरहरुले काममा लगाएको र अझ यौनजन्य कार्यमा लगाएकोले यसरी कानून विपरित काममा लगाईएका १८ वर्ष भन्दा मुनिका वालिकाहरुलाई संयुक्त अनुगमन टोलीले उद्धार गरेको थियो । यसै क्रममा प्रहरीले सेन्टरपोईन्ट स्पावाट २ जना ,हिमालयन स्पावाट १ जना, पारामाउण्ट स्पावाट १ जना, न्यू भिजन स्पावाट २ जनालाई उद्धार गरेको जनाएको छ । ५ वटा स्पाको अनुगमन गर्दा र गुड वील स्पामा वालिका नरहेको प्रहरीले जनाएको छ । वालिकाहरुलाई उद्दार गरी ती मसाज सेन्टरहरु माथि थप अनुसन्धान कार्य भइरहेको समेत प्रहरीले जनाएको छ ।