पोखरा, पौष १३,
रेष्टुरेन्ट एण्ड वार एसोसिएसन पोखराको आयोजनामा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि पोखराको लेकसाइड क्षेत्रमा सडक महोत्सव सुरु भएको छ । यस वर्षको महोत्सव २५ औँ संस्करणको भएकाले रेवानले यस वर्षको महोत्सवलाई रजत महोत्सवको रुपमा मनाउने जनाएको छ । सडक महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका छन् । उद्धघाटनका अवसरमा मन्तव्य ब्यक्त गर्दै आचार्यले सडक महोत्सव पोखराको पहिचान बनेको वताए । अन्तर्राष्ट्रिय सहरको रूपमा स्थापित पोखराको प्रवद्र्धनका खातिर सडक महोत्सव एक महत्वपूर्ण अवसर बन्ने गरेको छ प्रमुख आचार्यले वताए । पछिल्लो समय पोखरामा पर्यटन गतिविधिहरूमा वृद्धि भएको उल्लेख गर्दै प्रमुख आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि वरदान साबित भएको वताए । विगतका वर्षहरूको तुलनामा हवाई सेवा मार्फत पोखरा र यस आसपासको क्षेत्रमा आउने पर्यटकहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको प्रमुख आचार्यले वताए ।
पोखराको पर्यटनको प्रमुख आधारका रूपमा रहेको प्याराग्लाइडिङको नियमित उडानमा देखिएको समस्या प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको वताउदै प्रमुख आचार्यले स्थानीय सरकार, नागरिक उड्यन प्राधिकरण वा प्रशासनको कारणले प्याराग्लाइडिङ सञ्चालनमा बाधा पुगेको नभई व्यवसायीहरू बिचको टकराबले विभिन्न अड्चनहरू देखिएको वताए ।
व्यवसायीहरू बिचको इगो (प्रतिशोध) का कारण प्याराग्लाइडिङलाई प्यारालाइसिस (क्षयपूर्ण) गराउन नहुने प्रमुख आचार्यले वताए । पोखराको पर्यटनको प्रमुख आधार स्तम्भको रुपमा रहेको प्याराग्लाइडिङलाई प्यारालाइसिस गराउन हुँदैन । यसमा सम्बन्धित पक्षले एउटा उपयुक्त समाधान लिएर आउन भन्दै अन्यथा हस्तक्ष्ोप गर्नुपर्ने अवस्था आउन सक्ने वताए ।
प्रमुख आचार्यले व्यवसायीहरूलाई सडक महोत्सवलाई कमाउने मौकाको रूपमा नलिन भन्दै विगतमा धेरै गुनासाहरु आउने गरेको वताउदै यस्ता गुनास नआउने गरि महोत्सव सञ्चालन गर्न अपलि गरे । रेवान पोखराका अध्यक्ष नरेश भट्टराईको अध्यक्ष्तामा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, रेवानका अध्यक्ष संघर्ष विष्ठ, संस्कृति विद जगमान गुरुङ,नेपाल पर्यटन वोडका सदस्य मदन आचार्य, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ, रेवान पोखराका महासचिव विकास पाहारी लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

महोत्सवलाई रजत वर्षको रुपमा मनाएको रेवानले पोखरालाई चिनाउन महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरिएको थियो यसरी सम्मानित हुनेहरुमा संस्कृति विद जगमान गुरुङ, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यहरु सरुभक्त श्रेष्ठ, हरिदेवी कोईराला, रमेश श्रेष्ठ, तिर्थ श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक अमृत गुरुङ, शिक्षा विद जर्जजोन, प्रा.डा. कुशुमाकर न्यौपाने, भूगोल विद कृष्ण केसी, प्रजातन्त्र सेनानी केशवराज पराजूली, पर्यटन विद झलक थापा, र पत्रकार कृष्णमणी वराल रहेका छन् । त्यसै गरि महोत्सवको उद्धघाटनका अवसरमा संस्थाद्धारा प्रकाशित रजत स्मारिका समेत विमोचन गरिएको छ । महोत्सवको पुर्वसन्ध्यामा लेकसाइडको खहरेचोकदेखि कोमागाने पार्कसम्म बिभिन्न सांस्कृतिक झाँकीसहितको ¥याली निकालिएको थियो । महोत्सव अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन जनवरी १ अर्थात् पुस १६ गतेसम्म चल्नेछ । महोत्सव पाँच लाखले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले वताएका छन् ।

 

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।