पोखरा श्रावण ८,
नेपाल कम्युनिष्ट पार्टिका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सतवार्षिकी एवं ४६ औ स्मृति दिवसका अवसरमा आज पोखरामा नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान विषयक एक दिवसीय प्रवचन कार्यक्रम सम्पन्न भएको छ । पुष्पलाल अध्ययन केन्द्र कास्कीको आयोजनामा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले पुष्पलाल श्रेष्ठले नेपालको बामपन्थी आन्दोलनमा खेलेको महत्वपूर्ण योगदानको चर्चा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी पुष्पलाल स्मृति प्रतिष्ठानका केन्द्रिय कोषाध्यक्ष मोहन वहादुर केसीले निरंकुश राणा शाससकहरुले धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्री र गंगालाल श्रेष्लाई मृत्युदण्ड दिएपछि त्यसको विरोधमा प्रजातन्त्र वहालीका लागि संगठित भएका युवाहरुले २००६ सालमा गठन गरेको नेपालको कम्युनिष्ट आन्दोलन दुई तिहाईको सरकार वनाउने अवस्था सम्म पुग्नु पुष्पलालकै योगदान भएको वताए । तर नेपालको कम्युनिष्ट आन्दोलनले एकिकृत हुने र विभाजन हुने टुट फुटको श्रीङ्खला वेहोरिरहेको दुखद अवस्था रहेको वताउदै सवै बामपन्थी पार्टिहरु विच एकताको आवश्यकता रहेको केसीले वताए ।
पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीका अध्यक्ष विजयवावु वनवासीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादीका नेता एवं केन्द्रिय सदस्य तुल वहादुर गुरुङ, वाम वुद्धिजिवी एवं पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोईराला, पुष्पलालका सहकर्मी वामपन्थी नेता लेखनाथ पोखरेल लगायतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा प्रतिष्ठान कास्कीका उपाध्यक्ष मदनकाजी श्रेष्ठले स्वागत र विद्यार्थी नेता सन्तोष न्यौपानेले सञ्चालन गरेका थिए ।
यस अगाडि प्रतिष्ठानका पदाधिकारीहरु सहित नेकपा एकिकृत समाजवादीका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताहरुले पोखरा महानगरपालिका वडा नं ७ मा रहेको स्व. पुष्पालालको शालिकमा माल्यार्पण गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।