पोखरा श्रावण १३,
राईड सेयरिङको विरोध गर्दै सार्वजनिक यातायातका साधन वन्द गरेर आन्दोलन गरेका यातायता व्यवसायी र सार्वजनिक यातायातका साधन चलाउने चालकहरुको ठूलो समूह आईतवार विहानै देखि पोखराको पृथ्वीचोकमा जम्मा भएका थिए । पोखराको पृथ्वीचोक स्थित नेपाल वैक लि. को भवन अगाडि देखि पृथ्वीचोक क्षेत्रमा वसेका उनिहरुले कसैले भाडाका सवारी साधन सञ्चालन ग¥यो भने त्यसलाई रोक्ने रणनिती उनिहरुले लिएका थिए ।
ब्यवसायीहरुले सार्वजनिक यातायातका साधन सञ्चालन नगर्दा आज गण्डकी प्रदेशमा सर्वसाधारण जनताले निक्कै सास्ती पाएका छन् । आफ्ना मागहरु पुरा गराउनका लागि अत्यावश्यकीय सेवा अन्र्तगत पर्ने सार्वजनिक यातायतालाई ठप्प पारेर यातायात व्यवासयीहरुले दादागिरी देखाएका छन् । विहानै देखि कलेज पढ्ने विद्यार्थी, कार्यालयमा काम गर्न जाने कर्मचारी एवं शिक्षक, औषधि उपचार गर्नुपर्ने विरामी लगायत आफ्नो गन्तव्यमा पुग्नुपर्ने यात्रुहरु सार्वजनिक सवारीका साधानहरु सञ्चालन नहुदा मर्कामा परे । सार्वजनिक यातायातको सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार हो । आफ्ना माग पुरा गराउन राज्यको नियम कानूनलाई धज्जी उडाउदै सवारी साधन वन्दको वाटोर रोजेर यातायात व्यवसायीहरुले दादागिरी प्रदर्शन गरेका छन् । माग पुरा गराउन सम्वाद र वार्ता तथा सहमती खोज्ने अन्य उपायहरु हुँदा हुँदा वन्दलार्ईनै रोज्ने र वन्द ग¥यो भने आफ्ना मागहरु छिटो सुनुवाई हुन्छ भनेर गरिने वन्दले सर्वसाधारण जनताले सास्ती पाएका छन् । अनलाईन सिष्टमवाट एपको प्रयोग गरि सुपथ मूल्यमा जो कोही नागरिकले आवश्यक परेको सवारी साधन आफुले भनेको ठाँउमा वोलाएर सेवा लिन सक्ने गरि राईड सेयरिङलाई मान्यता दिने गरि कार्यविधि वनाउन थालेपछि आन्दोलित भएका आन्दोलन कारीहरुले पत्रकारमाथि कुटपिट गरेका छन् ।
आन्दोलनकारीहरुले पोखराको पृथ्वीचोकमा आफ्नो परिचय पत्र देखाउदा देखाउदैपनि पत्रकार विनु थापा मगर र सुरज थापामाथि दुव्र्यवाहार गरेका छन् गुण्डागर्दीको शैलीमा प्रस्तुत भएका उनिहरुले फोटो खिचेको निहूँमा पत्रकारमाथि दुवर््यवहार गरेका हुन् । सुरजको ग २० प नंवरको स्कुटर तोडफोड गर्दै उनलाई धक्का मुक्की समेत गरेका छन् । यसै विच पत्रकार विनु थापा मगर र सुरज थापा माथि भएको आक्रमणको निन्दा एवं भत्सना गरिएको छ । नेपाल पत्रकार महासंघ कास्की लगायत पत्रकारिता संग सम्वन्धित संघ संस्थाहरुले आक्रमणको विरोध गरेका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाले पत्रकार माथि भएको दुव्यववाहारको निन्दा गर्दै त्यस्तो दुव्र्यवाहार गर्ने ब्यक्ति वा समूहलाई कार्वाहीको गर्न र यस्ता घट्ना दोहोरिन नदिन प्रहरि उपरिक्षक मोहन थापाको ध्यानाकर्षण गराएको छ । शाखाका सचिव माधव वरालद्धारा जारी विज्ञप्तीमा यातायात वन्दको समाचार संकलन गर्न गएका पत्रकारहरु माथि भएको आक्रमणको निन्दा गर्दै आक्रमणमा संलग्नलाई गिरफ्तार गरि कडा कारवाही गर्न स्थानिय प्रशासन संग माग गरिएको छ । पत्रकार विनु थापा मगर र सुरज थापा माथि भएको आक्रमण तथा दुव्र्यवाहारको विरोध गर्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समिति, नेपाल प्रेस युनियन कास्की ,प्रेस चौतारी कास्की, समाजवादी प्रेस संगठन कास्की, नेपाल मगर पत्रकार संघ कास्की, फोनिज गण्डकी प्रदेश समिति लगायतका संघ संस्थाहरुले बिज्ञप्ती प्रकाशित गरि दोषीमाथि कारवाहीको माग गरेका छन् । ति संस्थाहरुले पत्रकारहरु माथि भएको आक्रमण प्रेस स्वतन्त्रता माथिको आक्रमण भन्दै आक्रमणमा संलग्नहरुलाई गिरफ्तार गरि कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् ।
यसै विच पत्रकार कुटपिटको घट्नामा संलग्न भएका ५ जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमा सुर्य वहादुर नेपाली, बुद्धि वहादुर वयलकोटी, प्रसन्न गुरुङ, सन्तोष वस्नेत र टंक वहादुर क्षेत्री रहेका छन् ।