पोखरा फागुन ११,
पोखराका विभिन्न वैकका एटिएम मेसिन फोर्न प्रयास गर्ने दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । यही फागुन ९ गते राति अन्दाजी १२ः१० बजेको समयमा पोखरा म.न.पा. वडा नं.१० रामबजारमा रहको एनआईसी एसिया बैंकको एटिएम मेसिन,त्यसैगरि सोही दिन विहान०१ः२२ बजेको समयमा पोखरा म.न.पा. वडा नं.१५ बन क्याम्पस गेट नजिकै रहेको नेपाल बैंक लिमिटेडको एटिएम मेसिन र फागुन ९ गते बिहान ०४ः०२ बजेको समयमा पोखरा म.न.पा. १५ रामबजार पेन्सनक्याम्प नजिक रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको एटिएम मेसिन फोर्नको लागि तोडफोड गर्ने, ढुङ्गाहान्ने तथा सिसीटिभी क्यामेरा कागजले छोप्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न उदयपुर जिल्ला गाईघाटन.गाँउपालिका वडा नं.७ स्थायी घर भई हाल पोखरा म.न.पा. वडा नं.१७ छोरेपाटन बस्ने वर्ष २१ को शुसिल चाम्लिङ राई र लम्जुङ जिल्ला मर्स्याङ्दी गा.पा. वडा नं.४ स्थायी घर भई हाल पोखरा म.न.पा. वडा नं.१७ छोरेपाटन बस्ने वर्ष २१ को अर्जुन भन्ने लु बहादुर गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनिहरुलाई चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरिक्षक ज्ञान वहादुर खड्काले वताए ।