लामो प्रतिक्षापछि पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएको छ। विमानस्थल सञ्चालनमा आउने भएपछि पोखरा र यसको आसपासका जनतामा खुसियाली छाएको छ । राष्ट्रिय गौरवको परियोजनाका रुपमा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि पोख्ररेली जनताले निक्कै लामो संघर्ष गर्नुपरेको थियो । पोखरामा अन्तराष्ट्रिय विमानस्थ निर्माण हुन नदिनको लागि अनेकौ षयन्त्रहरु भएका थिए । ती सवै षडयन्त्रहरुलाई चिर्दै पोखराका आम नागरिकहरुले एक महिना लामो संघर्ष गरेका थिए । तत्कालिन अवस्थामा पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा भएको आन्दोलनको वलमा पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि वढेको थियो । जग्गाको मुआव्जा विवाद, थप जग्गा प्राप्ती लगायतका यावत विवादलाई अन्त्य गर्दै पोखरा विमानस्थल निर्माणको काम अगाडि वढेको थियो । सन् २०२० को अन्त्य सम्म निर्माण कार्य सकिसक्ने संझौता चिनीया कम्पनीले गरेको भएपनि कोरोना लगायतका यावत विषयलाई निहु वनाएर चिनीया कम्पनीले निर्धारित समय भन्दा झण्डै २ वर्ष पछाडि निर्माण कार्य सम्पन्न ग¥यो । त्यस पछि २०२३को जनवरी १ तारिखमा जुनसुकै हालतमा पनि विमानस्थल सञ्चालनमा ल्याउने तयारी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रलायलले गरेपछि यसको उद्धाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डवाट एक भव्य र बिशाल कार्यक्रमका विच भोली हुँदैछ ।
पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्धघाटन कार्यक्रमलाई भव्य वनाउन पोखरा महानगरपालिकाले स्थानिय व्यवस्थापनको जिम्वेवारी लिएको छ । पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले विमानस्थल उद्धघाटन कार्यक्रमलार्ई व्यवस्थित र भव्य वनाउन पोखराको निजी क्षेत्र, नागरिक समाज, राजनितीक दल, सञ्चार जगत लगायतसंग छलफल गरिसकेका छन् । छलफल कार्यक्रममा सवै क्षेत्रका प्रतिनिधिहरुले विमानस्थल उद्धघाटन कार्यक्रलाई भव्य वनाउन आ आफ्नो ठाँउवाट कुनै कसर वाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् प्रमुख आचार्यले विमानस्थल उद्धघाटन कार्यक्रमको व्यवस्थापनको वारेमा जानकारी गराउन शनिवार विहान पोखरामा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि राष्ट्रको गौरवको आयोजनाको रुपमा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्धघाटन समारोहलाई भव्य र सभ्य वनाउन प्रचार प्रसार गरि सहयोग गर्न आग्रह गरेका छन् । पोखरामा अन्तराष्ट्रिय विमानस्थलको छुट्टै खालको महत्व रहेको छ । गण्डकी प्रदेशको राजधानी शहर पोखरा, पर्यटकीय गन्तव्यको हिसावले नेपालमै पहिलो नंवरमा पर्दछ । नेपालका अनगिन्ती पर्यटकिय ठाँउहरु मध्ये पोखरामा मनमोहक ठाँउहरु रहेका छन् । विदेशी पर्यटकहरुको रोजाईमा पनि नेपालका अन्य ठाँउहरु भन्दा पोखरा नै पर्दछ । पोखराकको आसपासमा रहेका पर्यटकी ठाँउहरुका अलावा नेपालको मात्रै नभएर भारतिय पर्यटकहरुको आस्थाको केन्द्रमा रहेको मुक्तिनाथ मन्दिरको प्रवेश द्धारको रुपमा रहेको पोखरा, त्यसै गरि गण्डकी प्रदेशका अन्य धेरै पर्यटकीय गन्तव्यहरु जान पोखरा भएरनै जानुपर्ने भएका कारण पनि पोखरा आफैमा पर्यटकीय क्षेत्रहरुको केन्द्र हो । पोखरा नेपालमा मात्रै हैन विदेशमा पनि परिचित ठाँउ हो । राजधानी काठमाण्डौ पछि कि त विदेशीहरुले सगरमाथा भनेर नेपाललाई निन्दछन् या त पोखरा र फेवा ताल भनेर पोखरालाई चिन्दछन् । त्यसैले पोखरावाट सिधै अन्तराष्ट्रिय शहरहरुमा उडान अनिवार्य थियो त्यो हाल सफल भएको छ । यसले पोख्रलीहरु खुसी मात्रै भएका छैनन् पोखरेलीको शान समेत वढेको छ ।
पोखरामा अन्तराष्ट्रिय विमानस्थल वनेपछि हाल भईरहेको पर्यटकिय गतिविधि दोव्वरले वढ्ने आशा गरिएको छ । पर्यटकिय गतिविधि वढेपछि यस क्षेत्रको आर्थिक गतिविधि अवश्य पनि वढ्ने छ । पोखरा अन्तरष्ट्रिय विमानस्थलको निर्माण पछि रोजगारीका अवसरहरु वढ्ने, नयाँ नयाँ खालका व्यापार व्यवसाय वढ्ने र पोखरालाई मात्रै नभई समग्र गण्डकी प्रदेशकै आर्थिक अवस्थामा सुधार हुने अपेक्षा गरिएको छ । भारत , चिन, जापान, कतार, थाईलैण्ड, मलेशिया लगायतका अन्य छिमेकी राष्ट्रहरुवाट सिधै पोखरामा विमान अवतरण हुने र पोखरावाट सिधै ति देशहरुमा उडान हुने भएपछि सिधै ति देशहरुसंग पोखराको सम्पर्क र सम्वन्ध हुने हुनाले वैदेशिक व्यापार, वैदेशीक रोजगारीका अवसरहरु यस क्षेत्रका आसपासका जनताहरुलार्ई प्राप्त हुने आशा लिईएको छ । पोखरा अन्तराष्ट्रिय बिमानस्थल पोखराको शान , इज्जत, प्रतिष्ठा र पोख्ररेली जनताको जिवनस्तर उकास्ने एउटा महत्वपूर्ण कडी वनेर आएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्धघाटन संगै अन्य धेरै ब्यक्तिहरुको योदानको स्मरण गर्नुपर्ने हुन्छ त्यसै गरि यस क्षेत्रकै उदयीमान नेता स्व रविन्द अधिकारीको योगदानलाई भने कहिल्यै पनि भुल्न सकिदैन । स्व अधिकारीको पोखरामा अन्तराष्ट्रिय विमानस्थल ल्याउन निक्कै ठूलो योगदान रहेको छ आजको दिनमा स्व. अधिकारी हामी विच नभएपनि उनको योगदानको स्मरण गर्नैपर्ने हुन्छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।