पोखरा मंसीर २ ,
पोखराका उद्योगी व्यवसायीहरुको संस्था पोखरा उद्योग वाणिज्य संघले यही मंसीर १६ गते देखि २५ गते सम्म पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गर्ने भएको छ । शुक्रवार पोखरामा पत्रकार सम्मेलन गरी पोखरा प्रदशनी केन्द्रमा मेला आयेजना गर्न लागिएकोे पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले जानकारी दिए । कोभिढ १९ को महामारीको कारण राष्ट्रिय औद्यागिक व्यापार मेलाका दुईवटा संस्करण हुन नसकेको वताउदै प्रजापतिले कोभिढ १९ को त्रास हटेको, जनजिवन लयमा फर्किसकेको भएपनि उद्योग व्यवसायले गति लिईनसकेको भएपनि आफुहरुलाई हात वाँधेर वस्ने छुट नभएकाले मंसीरको १६ गते देखि राष्ट्रिय औद्योगिक ब्यापार मेला गर्न लागिएको अध्यक्ष प्रजापतिले पत्रकार सम्मेलनमा वताए ।
लगानीको संवर्धन उद्योग व्यवसायको प्रवर्धन भन्ने मुल नाराका साथ सुरु हुन लागेको मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघ मेला समितिका सभापति नरेन्द्र कुमार प्रधानको संयोजकत्वमा २५१ सदस्यीय मुल आयोजक समिति र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिको संयोजकत्वमा कार्य सम्पादन समिति गठन गरिएको छ । कार्य सम्पादन समिति अन्तर्गत सल्लाकार समितिका अलावा विभिन्न २५ वटा उप समिति गठन भईसकेको पत्रकार सम्मेलनमा जानकारी दिईयो । मेलामा होम डेकोर तर्फ ७८,अटोका ४५, र अन्य बिभिन्न १२० गरि २५० स्टल रहने वताईएको छ । औद्यागिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनलार्ई प्रवर्धन तथा वजारीकरणमा सधाउ पु¥याउने उदेश्यले मेला आयोजना गर्न लागिएको प्रजापतिले वताए । मेलाले गण्डकी प्रदेशमा ब्यवसाय बिस्तारको संभावनाको खोजीका साथै पर्यटकीय संभावनाको उजागर तथा विस्तारमा सघाउ पु¥याउने वताईएको छ । औद्यागिक तथा ब्यापार मेला, हस्तकला कृषि ,पुष्प मेला , अटोमेला, सूचना प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको गतिविधिहरुको वारेमा जानकारी, दैनिक उपभोग्य वस्तु , घरयासी सामान, लत्ता कपडा श्रीङ्गारका सामान, हरुको प्रदर्शनी तथा विक्रि वितरण मेलाको आकर्षणको रुपमा रहने वताईएको छ ।
मेला अवलोकन गर्नका लागि सर्वसाधारणलार्ई रु १०० को र विद्यार्थीहरुका लागि रु ६० को टिकटको व्यवस्था गरिएको छ । मेला अवलोकन गर्नेहरुले क्यूआर कोर्डमार्फत टिकट काट्न सक्ने व्यवस्था मिलार्ईएको सो अवसरमा जानकारी गराईयो । मेलावाट आम्दानी १ करोड र खर्च ८५ लाख भई १५ लाख मात्रै वचत हुने अनुमान गरिएको आयोजकले वताए ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको मुख्य प्रायोजकमा लक्ष्मी हाउस रहने अध्यक्ष प्रजापतिले वताए । नेपाल पर्यटन वोर्डको प्रवर्धनमा हुने मेलामा पोखरा महानगरपालिका सहयोगि संस्थाको रुपमा रहने वताईएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र सञ्चालन महासचिव वलराम आचार्यले गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।